• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कलालाई आधुनिक बनाउँदै ‘टुलिका’

64x64
नेपाल लाइभ आइतबार, माघ २३, २०७८  ०७:०१
1140x725

काठमाडौं– दुई वर्षअघि विश्वभर कोरोना भाइरसले महामारी निम्त्याइरहेको थियो। भौतिक उपस्थितिमा हुने कार्यक्रमहरु धमाधम स्थगित भइरहेका थिए। यसबीच ‘टुलिका कला’ले भने महामारीलाई अवसर बनाउने सोच्यो।

त्यसअघि नेपालमा भौतिक रुपमै चित्रकला, इन्स्टलेसन आर्टलगायतको प्रदर्शनी गरिरहेको टुलिकाले महामारी आएपछि भने नयाँ र आधुनिक बाटो अपनाउने सोच्यो। वेबसाइट र एपमार्फत कलाकारका सिर्जनालाई प्रदर्शनी गर्नेदेखि विक्रीको व्यवस्था गरियो।

समस्या र चुनौतीहरु त थिए, तर त्यसमा पनि आफूले प्रयास गर्ने सोचसहित टुलिका कलाले नेपाली कलालाई आधुनिक माध्यमबाट प्रदर्शनी गर्ने र कलाकार र कलाप्रेमीको प्रत्यक्ष सम्बन्धलाई स्थापित गराउने सोच लियो।

टुलिकाले महामारी सुरु हुनुअघि नै वेबसाइट बनाउने सोच लिएको थियो। तर, त्यसलाई अहिलेजस्तो कलाकार र सर्वसाधारण जोड्ने प्रत्यक्ष माध्यम बनाउने स्वरुप भने महामारीपछि लियो।

टुलिकाका सहसंस्थापक उजेन नोर्बु गुरुङ भन्छन्, ‘नेपालमा चित्रकला, इन्स्टलेसन आर्टजस्ता कलाहरुलाई प्रदर्शनी गर्ने थुप्रै ग्यालरी छन्। तर, त्यसमा कलाकारको पहुँच छैन। कलाकार आफैंले आफ्नो सिर्जनाको लागि ठाउँ पाऊन् भन्ने सोचले हामीले टुलिकालाई आधुनिक रुपमा लैजाने हेतु अघि बढेका हौं।’

उजेन नोर्बु गुरुङ

२०७६ मा टुलिका कलाले आफ्नो आधिकारिक वेबसाइटको तयारी गरिरहेको थियो। तर, एकाएक महामारीको सुरुवात भएपछि टुलिकाले फरक स्वरुपमा जाने सोच लिएको बताउँछन् गुरुङ। महामारीका कारण कला क्षेत्र पूर्ण रुपमा ग्रसित थियो। कलाकारहरु मारमा थिए। 

‘हामी लकडाउनमा थियौं। घरमा थियौं’, उजेन भन्छन्, ‘यो समय नै हामीलाई नेपाली कला क्षेत्रमा नयाँ सोच ल्याउनु पर्छ भन्ने लाग्यो। वेबसाइटबाटै प्रदर्शनी गर्दै विस्तारै नेपाली कला क्षेत्रमा आधुनिकता ल्याउने सोचले हामी अनलाइन माध्यममा जाने निर्णयमा पुग्यौं।’

‘टुलिका कला’को औपचारिक सुरुवात २०१७ मा भयो। तर, त्यो बेला उजेन र उनका साथीहरुले नेपालमा चलिआएकै शैली र परम्पराअनुसार भौतिक रुपमा प्रदर्शनी र कलाकृतिहरुको विक्री वितरण गरिरहेका थिए। २०७२ मा भूकम्प र नाकाबन्दीपछि उजेन र उनका साथीहरुले टुलिकाको अवधारणा बनाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

लाजिम्पाटमा कला सम्बन्धी पसल चलाएर बसेका उजेनले नेपालमा भूकम्पपछि आएको राजनीतिक अस्थिरता देखे। एकातिर प्राकृतिक प्रकोपको वितण्डाका कारण अवस्था नाजुक बनिरहेको थियो। अर्कातिर, लगत्तै नाकाबन्दी हुँदा अर्को समस्या आइलाग्यो। व्यवसायलाई निरन्तरता नदिने सोचमा पुगे उनी। पहिलो पटक बम्बईमा कला प्रदर्शनी आयोजना गरे। राहतका लागि उक्त प्रदर्शनीको आयोजना भएको थियो।

‘कला व्यवसाय छाडेर हामीले नेपालमा कला क्षेत्रमा नयाँ केही गर्ने सोच बनाउन थाल्यौं,’ उजेन भन्छ्न, ‘कलाकारलाई ठाउँ दिन सकियोस् र कला क्षेत्रमा पनि केही प्रभाव पारोस् भन्ने सोचेर हामीले टुलिका कलाको सुरुवात गर्‍यौं। यसमा नयाँपन दिने हाम्रो सोच थियो।’

नेपालमा कला क्षेत्र हेर्ने हो भने चित्रकला, इन्स्टलेसन आर्टजस्ता विषयमा सीमित आर्ट ग्यालरीहरुको प्रभुत्व छ। कतिपय आर्ट ग्यालरीहरु खर्चकै कारण धानिन सकेका छैनन्। जसले यो क्षेत्रमा प्रभुत्व जमाएका छन्, उनीहरुसँग सीमित कलाकारको मात्रै पहुँच छ। बाँकी कलाकारहरु आफ्नो कलालाई प्रस्तुत गर्ने ठाउँको खोजीमा छन्। 

यस्तोमा टुलिकाले चालेको कदम महत्त्वपूर्ण देखिन्छ। टुलिकाले भौतिक रुपमा २०१७ यता प्रदर्शनीहरु गर्दै आएको थियो। अहिले पनि पाटनस्थित ढोकैमा क्याफेमा टुलिकाको प्रदर्शनी चलिरहेको छ। तर, टुलिकाको मुख्य पाटो भौतिक रुपमा प्रदर्शनी गर्नु मात्रै छैन। यसले आधुनिक माध्यमको प्रयोग गरेर कलाकारहरुलाई ठाउँ दिने प्रयास गरिरहेको छ। जसको परिणाम हो, ‘टुलिका कला’को वेबसाइट र एप।

२०७६ मा कोरोना महामारी सुरुवात भएसँगै नेपालका कला केन्द्रहरुमा भर्चुअल रुपमा प्रदर्शनी गर्ने होडबाजी चलेको थियो। केहीले यसलाई समयको मागको रुपमा गरे भने केहीले लहैलहैमा लागेर गरेका थिए। तर, टुलिकाले भने यसलाई आफ्नो आगामी दिनको बाटोका रुपमा पहिल्याउन सुरु गर्‍यो। 

टुलिकाले वेबसाइटमा महामारीयता ८ सयभन्दा धेरै कलाकृतिलाई स्थान दिएको छ। जसमा कलाकारको कलाकृतिको बिक्रीका लागि प्रोफाइल बनाउनेदेखि वेबसाइटमार्फत नै प्रदर्शनी गर्ने व्यवस्था छ। उजेन भन्छन्, ‘त्यसमा पनि कलाकार आफैंले आफ्नो कलाकृति राखेर आफैं यसको बिक्री गर्न पाउँछन्। ग्यालरीमा प्रदर्शनी गरेर क्युरेट गर्दा दिनुपर्ने निश्चित प्रतिशत रकम पनि यहाँ दिनु पर्दैन।’

महामारी नियन्त्रण भइरहँदा सबैजसो आर्ट ग्यालरीहरुले भर्चुअल र अनलाइन माध्यमबाट गरिरहेको प्रदर्शनीलाई रोके। भौतिक रुपमा गर्न थाले। तर, टुलिकाले भने यसलाई नै आफ्नो आगामी पाटो बनाउने काम गर्‍यो। 

विश्वभर हेर्ने हो भने अनलाइनमार्फत कलाकृतिको बिक्री वितरणदेखि डिजिटल आर्ट नै पनि एनएफटीको रुपमा बिक्री वितरण भइरहेको हुन्छ। तर, नेपालमा यो अवस्था छैन। कलाकारको कलाकृति बिक्री हुनका लागि प्रदर्शनीमा राखिनैपर्ने वा नाम चलेको कलाकार हुनुपर्ने बाध्यता छ। यस्तोमा नयाँ र स्थान खोजिरहेका कलाकार भने आर्थिक र सामाजिक दुवै रुपमा पनि पछि परिरहेका हुन्छन्। 

‘कलाकारलाई त्यो अवस्था नहोस् भन्ने ध्येयले हामीले टुलिकालाई अनलाइन रुपमा लैजाने सोचेका हौं,’ उजेन भन्छन्, ‘सुरुवातबाटै हामी विकल्पको खोजीमा थियौं। नेपालको अस्थिर अवस्थाका कारण यहाँ ग्यालरी खोलेर प्रदर्शनी गरेर बस्ने अवस्था छैन। दुई/दुई महिनामा केही न केही हुन्छ। तर, अनलाइनमा यी कुराहरुको प्रभाव पर्दैन।’

नेपालमा कलाकारहरु धेरै छन्। कला क्षेत्रमा काम गर्ने संघसंस्थाहरु पनि छन्। तर, ती धेरै कलाकारहरुमध्ये सीमित मात्रै स्थापित छन्। बाँकी गुमनाम छन्। उजेन भन्छन्, ‘धेरै प्रतिभाशाली युवा कलाकारहरु गुमनाम भए। उनीहरुलाई स्थान दिनुपर्छ। हाम्रो सोच एउटा खुल्ला ठाउँ बनाउने, जहाँ कसैको नियन्त्रण नहोस् भन्ने थियो। टुलिका त्यसैको परिणाम हो।’

टुलिकाको वेबसाइट वा एपमा कुनै कलाकारले आफ्ना चित्रकलाहरु प्रदर्शनी गर्न चाहन्छन् भने कसैलाई चिन्नु पर्दैन। 

‘लोकतन्त्र भनेको सबैले सपना देख्न पाउनुपर्ने व्यवस्था हो,’ उजेन थप्छन्, ‘अहिले धेरै व्यवसाय लोकतान्त्रिक छैनन्। यो रुपमा जाने सोचले टुलिका सुरु गरेका थियौं। यसमा सायद सफल हुँदै पनि छौं होला। कलाकारले आफैं आफ्ना कलाकृति बिक्री गरेर, प्रदर्शनमा राखेर आफ्नो सपनालाई लोकतान्त्रिक रुपमा पूरा गरिरहनु भएको छ।’

टुलिकाको एप अहिले सार्वजनिक भएको छैन। वेबसाइटमा भने ८ सयभन्दा धेरै कलाकृतिहरु राखिएका छन्। एपमा हजारौंको संख्यामा कलाकृतिहरु राख्ने तयारी भइरहेको र यही वर्ष सार्वजनिक गर्ने तयारी रहेको उजेन बताउँछन्। यी दुवै माध्यममा कलाकारले स्वतन्त्र रुपमा आफ्ना कलाकृति राख्नेसँगै टुलिकामार्फत क्युरेट पनि गराउन सक्छन्।

‘कलाकृति नबिकेमा कलाकारको जीवन चल्दैन,’ उजेन भन्छन्, ‘उनीहरुले स्थान पाऊन्, उनीहरुका कलाले स्थान पाऊन् भन्ने टुलिकाको मूल मर्म हो। कलाकारको कृति बिकेमा कलाकार बाँच्ने हुन्। र, कलाकार बाँचेमा हामी क्युरेटर पनि बाँच्ने हो।’

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्