• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १३, २०८२ Thu, Oct 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कलालाई आधुनिक बनाउँदै ‘टुलिका’

64x64
नेपाल लाइभ आइतबार, माघ २३, २०७८  ०७:०१
1140x725

काठमाडौं– दुई वर्षअघि विश्वभर कोरोना भाइरसले महामारी निम्त्याइरहेको थियो। भौतिक उपस्थितिमा हुने कार्यक्रमहरु धमाधम स्थगित भइरहेका थिए। यसबीच ‘टुलिका कला’ले भने महामारीलाई अवसर बनाउने सोच्यो।

त्यसअघि नेपालमा भौतिक रुपमै चित्रकला, इन्स्टलेसन आर्टलगायतको प्रदर्शनी गरिरहेको टुलिकाले महामारी आएपछि भने नयाँ र आधुनिक बाटो अपनाउने सोच्यो। वेबसाइट र एपमार्फत कलाकारका सिर्जनालाई प्रदर्शनी गर्नेदेखि विक्रीको व्यवस्था गरियो।

समस्या र चुनौतीहरु त थिए, तर त्यसमा पनि आफूले प्रयास गर्ने सोचसहित टुलिका कलाले नेपाली कलालाई आधुनिक माध्यमबाट प्रदर्शनी गर्ने र कलाकार र कलाप्रेमीको प्रत्यक्ष सम्बन्धलाई स्थापित गराउने सोच लियो।

टुलिकाले महामारी सुरु हुनुअघि नै वेबसाइट बनाउने सोच लिएको थियो। तर, त्यसलाई अहिलेजस्तो कलाकार र सर्वसाधारण जोड्ने प्रत्यक्ष माध्यम बनाउने स्वरुप भने महामारीपछि लियो।

टुलिकाका सहसंस्थापक उजेन नोर्बु गुरुङ भन्छन्, ‘नेपालमा चित्रकला, इन्स्टलेसन आर्टजस्ता कलाहरुलाई प्रदर्शनी गर्ने थुप्रै ग्यालरी छन्। तर, त्यसमा कलाकारको पहुँच छैन। कलाकार आफैंले आफ्नो सिर्जनाको लागि ठाउँ पाऊन् भन्ने सोचले हामीले टुलिकालाई आधुनिक रुपमा लैजाने हेतु अघि बढेका हौं।’

उजेन नोर्बु गुरुङ

२०७६ मा टुलिका कलाले आफ्नो आधिकारिक वेबसाइटको तयारी गरिरहेको थियो। तर, एकाएक महामारीको सुरुवात भएपछि टुलिकाले फरक स्वरुपमा जाने सोच लिएको बताउँछन् गुरुङ। महामारीका कारण कला क्षेत्र पूर्ण रुपमा ग्रसित थियो। कलाकारहरु मारमा थिए। 

‘हामी लकडाउनमा थियौं। घरमा थियौं’, उजेन भन्छन्, ‘यो समय नै हामीलाई नेपाली कला क्षेत्रमा नयाँ सोच ल्याउनु पर्छ भन्ने लाग्यो। वेबसाइटबाटै प्रदर्शनी गर्दै विस्तारै नेपाली कला क्षेत्रमा आधुनिकता ल्याउने सोचले हामी अनलाइन माध्यममा जाने निर्णयमा पुग्यौं।’

‘टुलिका कला’को औपचारिक सुरुवात २०१७ मा भयो। तर, त्यो बेला उजेन र उनका साथीहरुले नेपालमा चलिआएकै शैली र परम्पराअनुसार भौतिक रुपमा प्रदर्शनी र कलाकृतिहरुको विक्री वितरण गरिरहेका थिए। २०७२ मा भूकम्प र नाकाबन्दीपछि उजेन र उनका साथीहरुले टुलिकाको अवधारणा बनाएका थिए। 

Ncell 2
Ncell 2

लाजिम्पाटमा कला सम्बन्धी पसल चलाएर बसेका उजेनले नेपालमा भूकम्पपछि आएको राजनीतिक अस्थिरता देखे। एकातिर प्राकृतिक प्रकोपको वितण्डाका कारण अवस्था नाजुक बनिरहेको थियो। अर्कातिर, लगत्तै नाकाबन्दी हुँदा अर्को समस्या आइलाग्यो। व्यवसायलाई निरन्तरता नदिने सोचमा पुगे उनी। पहिलो पटक बम्बईमा कला प्रदर्शनी आयोजना गरे। राहतका लागि उक्त प्रदर्शनीको आयोजना भएको थियो।

‘कला व्यवसाय छाडेर हामीले नेपालमा कला क्षेत्रमा नयाँ केही गर्ने सोच बनाउन थाल्यौं,’ उजेन भन्छ्न, ‘कलाकारलाई ठाउँ दिन सकियोस् र कला क्षेत्रमा पनि केही प्रभाव पारोस् भन्ने सोचेर हामीले टुलिका कलाको सुरुवात गर्‍यौं। यसमा नयाँपन दिने हाम्रो सोच थियो।’

नेपालमा कला क्षेत्र हेर्ने हो भने चित्रकला, इन्स्टलेसन आर्टजस्ता विषयमा सीमित आर्ट ग्यालरीहरुको प्रभुत्व छ। कतिपय आर्ट ग्यालरीहरु खर्चकै कारण धानिन सकेका छैनन्। जसले यो क्षेत्रमा प्रभुत्व जमाएका छन्, उनीहरुसँग सीमित कलाकारको मात्रै पहुँच छ। बाँकी कलाकारहरु आफ्नो कलालाई प्रस्तुत गर्ने ठाउँको खोजीमा छन्। 

यस्तोमा टुलिकाले चालेको कदम महत्त्वपूर्ण देखिन्छ। टुलिकाले भौतिक रुपमा २०१७ यता प्रदर्शनीहरु गर्दै आएको थियो। अहिले पनि पाटनस्थित ढोकैमा क्याफेमा टुलिकाको प्रदर्शनी चलिरहेको छ। तर, टुलिकाको मुख्य पाटो भौतिक रुपमा प्रदर्शनी गर्नु मात्रै छैन। यसले आधुनिक माध्यमको प्रयोग गरेर कलाकारहरुलाई ठाउँ दिने प्रयास गरिरहेको छ। जसको परिणाम हो, ‘टुलिका कला’को वेबसाइट र एप।

२०७६ मा कोरोना महामारी सुरुवात भएसँगै नेपालका कला केन्द्रहरुमा भर्चुअल रुपमा प्रदर्शनी गर्ने होडबाजी चलेको थियो। केहीले यसलाई समयको मागको रुपमा गरे भने केहीले लहैलहैमा लागेर गरेका थिए। तर, टुलिकाले भने यसलाई आफ्नो आगामी दिनको बाटोका रुपमा पहिल्याउन सुरु गर्‍यो। 

टुलिकाले वेबसाइटमा महामारीयता ८ सयभन्दा धेरै कलाकृतिलाई स्थान दिएको छ। जसमा कलाकारको कलाकृतिको बिक्रीका लागि प्रोफाइल बनाउनेदेखि वेबसाइटमार्फत नै प्रदर्शनी गर्ने व्यवस्था छ। उजेन भन्छन्, ‘त्यसमा पनि कलाकार आफैंले आफ्नो कलाकृति राखेर आफैं यसको बिक्री गर्न पाउँछन्। ग्यालरीमा प्रदर्शनी गरेर क्युरेट गर्दा दिनुपर्ने निश्चित प्रतिशत रकम पनि यहाँ दिनु पर्दैन।’

महामारी नियन्त्रण भइरहँदा सबैजसो आर्ट ग्यालरीहरुले भर्चुअल र अनलाइन माध्यमबाट गरिरहेको प्रदर्शनीलाई रोके। भौतिक रुपमा गर्न थाले। तर, टुलिकाले भने यसलाई नै आफ्नो आगामी पाटो बनाउने काम गर्‍यो। 

विश्वभर हेर्ने हो भने अनलाइनमार्फत कलाकृतिको बिक्री वितरणदेखि डिजिटल आर्ट नै पनि एनएफटीको रुपमा बिक्री वितरण भइरहेको हुन्छ। तर, नेपालमा यो अवस्था छैन। कलाकारको कलाकृति बिक्री हुनका लागि प्रदर्शनीमा राखिनैपर्ने वा नाम चलेको कलाकार हुनुपर्ने बाध्यता छ। यस्तोमा नयाँ र स्थान खोजिरहेका कलाकार भने आर्थिक र सामाजिक दुवै रुपमा पनि पछि परिरहेका हुन्छन्। 

‘कलाकारलाई त्यो अवस्था नहोस् भन्ने ध्येयले हामीले टुलिकालाई अनलाइन रुपमा लैजाने सोचेका हौं,’ उजेन भन्छन्, ‘सुरुवातबाटै हामी विकल्पको खोजीमा थियौं। नेपालको अस्थिर अवस्थाका कारण यहाँ ग्यालरी खोलेर प्रदर्शनी गरेर बस्ने अवस्था छैन। दुई/दुई महिनामा केही न केही हुन्छ। तर, अनलाइनमा यी कुराहरुको प्रभाव पर्दैन।’

नेपालमा कलाकारहरु धेरै छन्। कला क्षेत्रमा काम गर्ने संघसंस्थाहरु पनि छन्। तर, ती धेरै कलाकारहरुमध्ये सीमित मात्रै स्थापित छन्। बाँकी गुमनाम छन्। उजेन भन्छन्, ‘धेरै प्रतिभाशाली युवा कलाकारहरु गुमनाम भए। उनीहरुलाई स्थान दिनुपर्छ। हाम्रो सोच एउटा खुल्ला ठाउँ बनाउने, जहाँ कसैको नियन्त्रण नहोस् भन्ने थियो। टुलिका त्यसैको परिणाम हो।’

टुलिकाको वेबसाइट वा एपमा कुनै कलाकारले आफ्ना चित्रकलाहरु प्रदर्शनी गर्न चाहन्छन् भने कसैलाई चिन्नु पर्दैन। 

‘लोकतन्त्र भनेको सबैले सपना देख्न पाउनुपर्ने व्यवस्था हो,’ उजेन थप्छन्, ‘अहिले धेरै व्यवसाय लोकतान्त्रिक छैनन्। यो रुपमा जाने सोचले टुलिका सुरु गरेका थियौं। यसमा सायद सफल हुँदै पनि छौं होला। कलाकारले आफैं आफ्ना कलाकृति बिक्री गरेर, प्रदर्शनमा राखेर आफ्नो सपनालाई लोकतान्त्रिक रुपमा पूरा गरिरहनु भएको छ।’

टुलिकाको एप अहिले सार्वजनिक भएको छैन। वेबसाइटमा भने ८ सयभन्दा धेरै कलाकृतिहरु राखिएका छन्। एपमा हजारौंको संख्यामा कलाकृतिहरु राख्ने तयारी भइरहेको र यही वर्ष सार्वजनिक गर्ने तयारी रहेको उजेन बताउँछन्। यी दुवै माध्यममा कलाकारले स्वतन्त्र रुपमा आफ्ना कलाकृति राख्नेसँगै टुलिकामार्फत क्युरेट पनि गराउन सक्छन्।

‘कलाकृति नबिकेमा कलाकारको जीवन चल्दैन,’ उजेन भन्छन्, ‘उनीहरुले स्थान पाऊन्, उनीहरुका कलाले स्थान पाऊन् भन्ने टुलिकाको मूल मर्म हो। कलाकारको कृति बिकेमा कलाकार बाँच्ने हुन्। र, कलाकार बाँचेमा हामी क्युरेटर पनि बाँच्ने हो।’

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
नेपालमा  ‘मोन्था’ को असर कहाँ-कहाँ ?
त्रिपक्षीय छलफल :एमाले बाहेकका दल निर्वाचनमा जान तयार, प्रधानमन्त्रीले के भनिन् ?
सम्बन्धित सामग्री
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
एलिनाका पूर्वपति विष्णुको प्रश्न : हामी कहिलेसम्म पीडाको शिकार हुनुपर्ने हो ? यसबीच, एलिनाका पूर्वश्रीमान बिष्णु सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्... शुक्रबार, साउन २, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै बिहीबार, कात्तिक १३, २०८२
नेपालमा  ‘मोन्था’ को असर कहाँ-कहाँ ? बिहीबार, कात्तिक १३, २०८२
त्रिपक्षीय छलफल :एमाले बाहेकका दल निर्वाचनमा जान तयार, प्रधानमन्त्रीले के भनिन् ? बुधबार, कात्तिक १२, २०८२
बालुवाटारमा सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरुबीच वार्ता जारी, को–को छन् सहभागी? बुधबार, कात्तिक १२, २०८२
जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू बुधबार, कात्तिक १२, २०८२
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना बुधबार, कात्तिक १२, २०८२
सरकार, दल र जेनजीहरुको त्रिपक्षीय बैठक : को-को हुँदैछन् सहभागी ? बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्