काठमाडौं– बुधबार सुन तथा चाँदी दुवैको भाउ बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबार छापावाल सुन ९२ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
यसैगरी, आज तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ७ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी १२ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिनको भन्दा चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ।
मंगलबार चाँदी प्रतितोला १२ रुपैयाँ ४० रुपैयाँमा कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।