काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ। यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइएको निगमले जनाएको छ।
मूल्यवृद्धिसँगै पेट्रोलको भाउ प्रतिलिटर १४२ रुपैयाँ र मट्टितेल/डिजेलको १२५ रुपैयाँ पुगेको छ। यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर ११६ रुपैयाँ कायम गरिएको छ।
अन्तर्राष्ट्रिय हवाई इन्धनमा भने प्रति किलोलिटर अमेरिकी डलर १०० ले वृद्धि गरी एक हजार ९५ डलर कायम गरिएको निगमले जनाएको छ।
निगमले एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।