• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेपाल–मरिसस मैत्रीपूर्ण खेल : मैदानभित्रै हात हालाहाल, सुजलको एक मात्रै गोलमा नेपालको शतप्रतिशत जित

64x64
नेपाल लाइभ मंगलबार, माघ १८, २०७८  १८:५६
1140x725
सबै तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।

काठमाडौं– अफ्रिकी राष्ट्र मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा नेपालले शतप्रतिशत जित निकालेको छ।

पहिलो खेलमा विमल घर्तीमगरको निर्णायक गोलमा १-० गोल अन्तरको जित निकालेको नेपालले दोस्रो खेलमा ९ खेलाडीमा सीमित मरिससविरुद्ध सोही नतिजालाई निरन्तरता दिएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार सम्पन्न खेलमा नेपालका लागि एक मात्रै गोल सुजल श्रेष्ठले गरे। उनको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो।

प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले किरणकुमार लिम्बुको कप्तानीमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, तेज तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, अन्जन बिष्ट, आशिष लामा, नवीन गुरुङ, एरिक विष्ट र दर्शन गुरुङलाई पहिलो रोजाइमा मैदान उतारेका थिए।

सुरुआतदेखि नै आक्रमक खेल प्रदर्शन गरेको नेपालले खेलको छैटौं मिनेटमा नै गोल गर्ने अवसर पाएको थियो। तर, दर्शनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पोष्ट बार हुँदै आकासिएको थियो। त्यसको एक मिनेट पछि नै मरिससका लिन्स्ले ब्रोस्सलेले गरेको प्रहारले पोष्टको दिशा लिन सकेन। 

तर, खेलको १०औं मिनेटमा नेपालले सुजलको गोलबाट अग्रता लियो। नवीनको कर्नरलाई मरिससका गोलरक्षक लोइक मिचेलले पञ्च गर्दै बचाएका थिए। आशिषले डिबक्स बाहिरबाट गरेको फितलो प्रहारलाई पुजन उपरकोटीलाई लाग्दै सुजलसम्म पुगेको थियो। उक्त बललाघ गोल लाइन नजिक रहेको सुजलले जाली चुमाए। 

यस्तै, १२औं मिनेटमा मरिससले खेलमा फर्किने मौका गुमायो। पेनाल्टी बक्सम दर्शन गुरुङले हातले बल छोएपछि रेफ्री नवीन्द्र महर्जनले मरिससलाई पेनाल्टीको अवसर दिएका थिए। तर, मरिससका कप्तान एन्डी सोफीले दोस्रो बारतिर गरेको प्रहारलाई नेपाली गोलरक्षक किरणकुमार लिम्बुले ड्राइभ गर्दै बचाए।

Ncell 2
Ncell 2

३६औं मिनेटमा तेज तामाङले करिब ३० यार्डबाट गरेको सक्तिशाली प्रहार फ्रेममा पर्न सकेन। उनले पहिलो बारतर्फ गरेको प्रहार बाहिरिएको थियो। यस्तै, ४०औं मिनेटमा एड्रियन बोट्लरले किरण बिट भइसकेको अवस्थामा गरेको गरेको प्रहारले दिशा लिन सकेन। पहिलो हाफ शान्तिपूर्ण सकिएको खेलको दोस्रो हाफमा हात हालाहाल गर्दा मैदान निकै तनावपूर्ण रह्यो। 

दुवै टोलीले मैदानभित्र अनुशासन कायम गर्न नसक्दा दुईपटक खेल केहीबेर रोकिएको थियो। ७१ मिनेटमा रेफ्री नवीन्द्रसँग बहस गर्दै हात हालाहाल गर्दा मरिससका बोट्लरले सिधै रातो तथा पुजनले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाए भने त्यसपछि ८०औं मिनेटमा इमानुयल फोलचुन्डले पनि रातो कार्ड पाउँदै मैदान छाड्नु परेको थियो।

यस्तै, ९०औं मिनेटमा फ्लड लाइटमा समस्या आएपछि खेल केहीबेर रोकिएको थियो। पावर कम हुँदा लाइट पूर्ण क्षमतामा बल्न नसकेपछि रेफ्री नवीन्द्रले १० मिनेट खेल रोकेका थिए। त्यसपछि पनि समस्या समाधान नभएपछि रेफ्री नवीन्द्रले दुवै टोलीका खेलाडीहरु सल्लाह गरेर खेल पुन: सुरु गरेका थिए। 

त्यसअघि ५२औं मिनेटमा मरिससले बनाएको मौकालाई किरणले विफल पार्दिए। ब्रारिस रास्डारिसिंङले गरेको कर्नर प्रहारलाई टप बारबाट किरणले पञ्च गर्दै क्लियर गर्दिए। ६३औं मिनेटमा मनिष डाँगीको हेडर पोष्ट माथिबाट बाहिरियो। दर्शनले करिब ३५ यार्डबाट गरेको फ्रिकिक प्रहारलाई मनिषले लो हेडर गरेका थिए। तर, मरिससका गोलरक्षक मिचेललाई कुनै समस्या भएन। 

यस्तै, ६५औं मिनेटमा मनिषले नै नेपालको अग्रता दोब्बर बनाउने अर्को मौका गुमाए। सुजलले डिबक्स बाहिरबाट दिएको पासमा मरिससका डिफेन्डर बिट भइसकेको बेला मनिषले गोल लाइनबाट फिनिसिङ टच दिन सकेनन्।

६८औं मिनेटमा मरिससले पुन: खेलमा फर्किने अवसर गुमायो। कप्तान सोफीले हाइ रनिङमा डिबक्स भित्रबाट गरेको प्रहारलाई किरणले ड्राइभ गर्दै बचाए।

दोस्रो हाफको अतिरिक्त समयमा सुजलले सिक्स यार्डबाट गरेको प्रहार मरिससका गोलरक्षक मिचेलले बचाए। उक्त रिबाउन्ड बललाई मनिष र विमलले कोसिस गरेपनि सफल हुन सकेनन्।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्