काठमाडौं- युक्रेन संकटलाई लिएर अमेरिका र रुसबीचको विवाद चर्किएको छ। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद बैठकमा अमेरिका र रुसबीच चर्काचर्की भएको छ।
अमेरिकी राजदूत ग्रीनफिल्डले अमेरिकाले कूटनीतिक समाधानमा विश्वास जारी राखेको बताउँदै यदि रूसले युक्रेनमा आक्रमण गरेमा अमेरिकाले निर्णायक कदम चाल्ने र त्यसको नतिजा भयानक हुने उनले चेतावनी दिएकी थिइन्।
शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरू बीचको फोनवार्ता अघि मस्कोले युक्रेनका विषयमा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने र पछि नहट्ने वासिङ्टनस्थित रुसी दूतावासले मंगलबार जनाएको छ।
'अमेरिकी प्रतिबन्धहरूको धम्की सुनेर हामी पछि हट्ने र चुप लाग्ने छैनौं,' दूतावासले फेसबुकमा लेखेको छ, 'यो तनाव उत्पन्न गर्ने मस्को होइन, वाशिंगटन हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।