काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ।
सोमबार १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ३.६८ अंक बढेर २८७५.७४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा १६ कम्पनीको १८ लाख ४४ हजार ३१९ रुपैयाँ ९० पैसा बराबरको ३ हजार ५०२ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।