काठमाडौं- बागमती प्रदेश सरकारले प्रदेशमा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको हो। थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने बैठकले निर्णय गरेको हो।
कारखानाका बारेमा कम्पनीसँग छलफल पनि भइरहेको बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनाल जानकारी दिए। यसबारे विद्युत प्राधिकरणसँग पनि छलफल गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।