काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमितको संख्या दैनिक रुपमा ओरालो लागे पनि मृत्यु दरमा भने वृद्धि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ हजार १९२ जनाको मृत्यु भएको छ।
यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार भन्दा बढी पुगेको छ।
भारतमा १७ लाख ४३ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।