काठमाडौं- जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान राडारबाट गायब भएको छ।
सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको विमान राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।
५ किलोमिटर उडेपछि जापान सागरमा विमानको सम्पर्क राडारबाट टुटेको थियो। विमानमा २ जना चालकदलका सदस्य थिए।
यो विमान प्रशिक्षणको लागि प्रयोग गरिएको थियो। विमान दुर्घटनाको सम्भावना रहेको भएपनि आधिकारिक जानकारी भने आएको छैन।
खोजी कार्यका क्रममा विमानको राडारसँग सम्पर्क टुटेको क्षेत्रमा केही तैरिरहेको वस्तु फेला परेको छ। अहिले विज्ञहरुको टोली यसको खोजीमा जुटेका छन्।
यो लडाकु विमान स्क्वाड्रनको हो, जसले रणनीतिक उडान प्रशिक्षणको क्रममा दुश्मनको विमानको रूपमा काम गर्दछ। अहिले युद्धस्तरमा खोजी अभियान चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।