• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
सुर–समीक्षा

गीत सुन्न युट्युब यात्रा :  ‘ऊ बोलेगा’को गहिराइदेखि ‘पैसा’को गिराइसम्म

64x64
डिबी खड्का सोमबार, माघ १७, २०७८  १२:०५
1140x725

नेपाली मात्रै होइन, नेपालमा धेरै सुनिने हिन्दी गीतहरुले समेत गहिराइ नाप्न छाडेको निकै समय भयो। तर, पछिल्लो समय सार्वजनिक फिल्म 'पुष्पा : द राइज'को 'ओ अंटवा' (ऊ बोलेगा)ले गीतप्रेमीको हृदयमा एउटा झंकार सृजना गरेको हुनुपर्छ। आँखाका लागि बनाइएको (आइटम) गीत दिमागमा पसेको छ। गीतको दृष्य परम्परागत भएपनि  शब्दको प्रयोगमा नयाँपन छ।

बलिउडको अनिवार्य मसला भइहाल्यो आइटम गीत। दृष्य त उही कामोत्तेजक भइहाल्यो। गीत पनि महिलाहरुलाई वस्तुकरण गरेरै प्रस्तुत गरिन्छ। यो गीत आइटम नम्बरको यही परम्परामा क्रमभंगता देखिन्छ। महिलामाथि नभएर यसपल्ट आइटम पुरुषको सोचमाथि बनेको छ। जसको केन्द्रीय अवधारणा छ-  मर्द है बिन पेंदी लोटा (पुरुष हुन् पिँधबिनाका लोटा)।

विशेषगरी महिला र त्यसमा पनि यौनको विषयमा आइपुग्दा अधिकांश पुरुष 'पिँधबिनाको लोटा' जस्तै हुन पुग्ने गीतको भाव छ। जुन आमपुरुष मनोग्रन्थीको सटिक चित्रण जस्तो महसुस हुन्छ।

यो गीत सुनिरहेका बखत सामाजिक सञ्जाल स्क्रोल गर्दा आइपुगेको छ- कैलालीमा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ परेको समाचार। (बालिकादेखि वृद्धावस्थासम्मका महिलाहरु त भइहाले, मानसिक सन्तुलन गुमाएकाहरुमाथि हुने पाशविक व्यवहारका घटना निरन्तर सुनिने गरेका छन्)।

यो गीत सुनिरहेको समयमा यस्ता समाचार पढेपछि थप घोत्लिन बाध्य बनाउने रहेछ। जसको सुरुवात यसरी हुन्छ :

साड़ी साड़ी पहन के साड़ी, आये तो उसको घूरे (साडी पहिरिएर आउँदा पनि घुर्छ)
छोटे छोटे स्कर्ट भी जो, पहन के आये तो घूरे (छोटो स्कर्ट पहिरिएर आउँदा पनि घुर्छ)
छोड़ साड़ी छोड़ स्कर्ट, इन् कपड़ों से क्या होता (साडी छाड्दिउँ, स्कर्ट छाड्दिउँ, यी कपडाले के हुन्छ?')
नज़रें गन्दी सोच गन्दी, मर्द है बिन पेंदी लोटा (नजर खराब, सोच खराब, पुरुष हुन् बिनापिँधका लोटा)

पहिरनलाई लिएर मात्रै होइन, रुपरङ (गोरी वा काली), कद (होची होस् कि अग्लो), ज्यान (दुब्ली होस् कि मोटी)माथि गीतमा थप तुक्काबन्दी गरिएको छ। जसले यथार्थ प्रस्तुत मात्रै गरेको छैन, पुरुष (आमपुरुष र फिल्म वा गीत बनाउने)को नजरियाँमाथि पनि प्रश्न उठाएको छ। 

एउटा गीतले दिमागमा डेरा जमाइरहेका बेला युट्युबको ट्रेन्डिङ खोजीपस्दा अर्को गीत आइलाग्यो 'पैसा'। गीत पैसा कमाउनका लागि 'पैसा' खर्च गरेर पैसा बाहेक केही नदेख्ने सोचको उपज रहेछ। भ्युज कमाउने 'कुलत'मा फसेका दुर्गेश थापाको करामत रहेछ यो गीत। 'फरक' शैलीका कारण कुनै समय आमजनको आँखामा परेका थिए यी गायक। तर, अहिले फरक भनेकै महिलाको 'वस्तुकरण' र अश्लिल शब्दको घुसपैठ भन्ने ठाउँमा भासिन पुगेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कलाकारकै संघसंस्थाको नसियतका साथै प्रहरी हिरासतसम्मको यात्राले उनलाई सबक सिकाएनछ। वा, भ्युजदेखि भ्युजसम्मको यात्रामा यी सब उनका लागि गौण भइसकेका हुन सक्छन्। नत्र गीतको भिडयोको सुरुवातमा आफ्नो परिवारको तस्बिर राख्ने उनले गीतचाहिँ 'परिवार'सँग बसेर हेर्न-सुन्न नसकिने किन बनाउँथे?

गीतको केन्द्रीय थिम 'पैसा' छ। अहिले संसारमा सम्भवत: माया प्रेमपछि गीतमा सबैभन्दा कुनै कुरामाथि गीत बनिरहेका छन् भने त्यो पैसा हो।  नेपालमा पनि धेरै वर्षअघि 'कसले पैसा बनायो' हिट भइसकेको छ। हाल चर्चामै छ 'गोजीमा दाम छैन'। यो थिममाथिको सबैभन्दा निम्नकोटीको भर्सनका रुपमा 'पैसा'लाई राख्दा अन्याय हुँदैन। 

'कसले पैसा बनायो'कै शब्द टिपेर र्‍यापमा प्रस्तुत गरिएको गीतको सुरुवात नै खराब छ। गीतको सुरुवात छ, 
पैसा कसले बनायो,
पैसाले 'देश मूला' ध्वस्त बनायो

गीत पैसालाई गाली गर्न बनाए। तर, गाली पर्‍यो देशलाई। त्यसपछि शब्द त उल्लेख गर्न समेत उचित छैनन्। अश्लिल मात्रै होइन, महिलाद्वेषी समेत छन्। भिडियोको त के कुरा गराइ भो र? आँखा दुखाउन मन हुनेले अरु उपाय भेटेनन् भने यो गीत हेर्न पुगे भइहाल्यो।

Xtrem

Xtrem

गीत सुनेसकेपछि लाग्यो- एउटा गीतको गहिराइले डुबाइरहेका बेला अर्को गीतको 'गिराइ'मा पुगिएछ। संयोग चाहिँ कस्तो भने 'ऊ बोलेगा' जुन सोचमाथि प्रहार गरेको छ, त्यही सोचको उपज यो गीत रहेछ। 

'पैसा' गीतमा बदलाभाव, अहं र आवेग मिसिएको छ। यी मानवीय गुण काव्यिक रुपमा प्रस्तुत हुँदा छङछङ बग्ने कञ्चन खोलाजस्तो लाग्थ्यो। र, जथाभावी प्रस्तुत हुँदा ढलझैं देखियो।

यो गीतले एउटा मानक भने बनाएको छ। त्यो हो, अब बन्ने गीत कि राम्रा बन्नेछन् कि 'पैसा'जस्ता।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट सोमबार, असोज १२, २०८३
बाढीपहिरोले थलियो विद्युत् क्षेत्र, १ हजार मेगावाट उत्पादन प्रभावित सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने सोमबार, असोज १२, २०८३
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्