काठमाडौं- राफेल नाडालले कीर्तिमानी २१औं ग्रान्डस्लाम जितेका छन्।
मेलबर्न पार्कमा आइतबार भएको अस्ट्रेलियन ओपनको फाइनलमा आइतबार ड्यानियल मेड्भेडेभलाई २-६ ६-७ (५-७) ६-४ ६-४ ७-५ को नतिजामा पराजित गर्दै उनले २१औं ग्रान्डस्लाम जितेका हुन्।
सुरुआती दुई सेट गुमाएका नाडालले त्यसपछिका तीन सेटमा पुनरागमन गरेका थिए। सन् २००३ बाट ग्रान्डस्लाममा डेब्यू गरेका नाडालले १३ पटक फ्रेन्च ओपन, २ पटक विम्बलडन र ४ पटक युएस ओपन जितेका थिए।
यो उपाधिसँगै टेनिसमा सर्वाधिक ग्रान्डस्लाम जित्ने एक मात्र खेलाडी बनेका छन्। रोजर फेडेरर र नोभाक जोकोभिचले २०/२० पटक ग्रान्डस्लाम उपाधि जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।