काठमाडौं- तमिलनाडुका सफल सीमित ओभरको जोडी शाहरुख खान र आर साइकिशोरलाई वेस्ट इन्डिजविरुद्धको टी२० अन्तर्राष्ट्रिय सिरिजको लागि स्ट्यान्ड-बाइको रूपमा भारतीय टोलीमा समावेश गरिएको छ।
भारतले फेब्रुअरी १६ देखि २० सम्म कोलकातामा वेस्ट इन्डिजसँग तीन खेलको टी२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै छ। यी दुवै खेलाडी अब रणजी ट्रफीको उद्घाटन खेलमा आफ्नो टोलीका लागि उपलब्ध हुने छैनन् ।
पछिल्ला तीन सिजनमा सेतो बल क्रिकेटमा तमिलनाडुको सफलतामा मुख्य भूमिका खेलेका यी खेलाडीहरूले खेलेका छन्। शाहरुखले तमिलनाडुका लागि राम्रो फिनिशरको रूपमा आफूलाई स्थापित गरेका छन् भने साइकिशोरले टोलीको पावरप्ले र डेथ ओभर विशेषज्ञ बलरको रूपमा प्रशिद्धी कमाएका छन्।
यी दुवै खेलाडीले हालै घरेलु टी२० प्रतियोगिताको फाइनलमा कर्नाटकलाई पराजित गर्दै सय्यद मुश्ताक अली ट्रफी जिताउन महत्वपूर्ण योगदान दिएका छन्। फाइनलमा साइकिशोरले तीन विकेट लिए, जसमध्ये दुई पावरप्लेमा थियो।
त्यसपछि यी दुवै खेलाडीले अन्तिम क्षणमा धैर्यता राख्दै टोलीलाई च्याम्पियन बनाएका थिए। शाहरुखले १५ बलमा ३३ रनको अविजित इनिङ्स खेले र अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।
साइकिशोरले प्रतियोगितामा ६.०६ को प्रभावशाली इकोनोमीमा १० विकेट लिएका थिए। यति मात्र होइन, २०१९-२० मा उनको इकोनोमी रेट ४.६३ थियो। जहाँ २०२०-२१ को सैयद मुश्ताक अली ट्रफीमा उनले ४.८२ को इकोनोमी रेटमा बलिङ गरे, जसले क्रिकेटको यो छोटो ढाँचामा उनीविरुद्ध रन बनाउन गाह्रो छ भन्ने देखाउँछ।
यी प्रदर्शनका आधारमा साइकिशोर फेरि एकपटक भारतीय टी२० टोलीमा परेका छन्। यसअघि जुलाईमा श्रीलंकाको भ्रमण गरेको दोस्रो दर्जाको भारतीय टोलीमा पनि रिजर्भ खेलाडीमा परेका थिए ।
यी दुवै खेलाडी फेब्रुअरी १२ र १३ मा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीमा पनि देखिनेछन्।
यसअघि आईपीएल २०२१ मा शाहरुख खानलाई पञ्जाब किंग्सले ५ करोड २५ लाखमा आफ्नो टोलीको हिस्सा बनाएको थियो तर सोही सिजनपछि उनलाई फ्रेन्चाइजले रिलिज गरेको थियो। जबकि साइकिशोरले आफ्नो आईपीएल डेब्यू गर्न बाँकी छ। उनी २०१९ देखि चेन्नई सुपर किंग्ससँग आबद्द थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।