काठमाडौं– अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि विश्व नम्बर एक अस्लेइग बार्टीले जितेकी छन्।
मेलबर्नमा शनिबार सम्पन्न फाइनलमा अमेरिकी टेनिस खेलाडी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्। बार्टीले कोलिन्सलाई ६–३ र ७–६ (७–२) को सेटमा पराजित गरिन्।
अस्ट्रेलियन बार्टीले पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी हुन्। बार्टी १९७८ पछि अस्ट्रेलियन ओपन जित्ने पहिलो अस्ट्रेलियन महिला खेलाडी बनेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।