• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मरिससविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

विजयी गोल गरेका विमलले पाए 'म्यान अफ दि म्याच' अवार्ड
64x64
नेपाल लाइभ शनिबार, माघ १५, २०७८  १८:३९
1140x725

काठमाडौं- अफ्रिकी राष्ट्र मरिससविरूद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार सम्पन्न खेलमा नेपालले १-० गोलअन्तरको संघर्षपूर्ण जित हात पारेको हो। नेपालका लागि एक मात्रै गोल विमल घर्तीमगरले गरेका हुन्।

विजयी गोल गरेका विमलले 'म्यान अफ दि म्याच' अवार्ड पाएका छन्।

प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले मरिससविरुद्धको खेलमा अन्जन विष्ट, विमल घर्तीमगर, सुनिल बल, तेज तामाङ, सुमन लामा, सुरज ज्यू ठकुरी, सुमन लामा, देबेन्द्र तामाङ, दिनेश राजबंशी र किरणकुमार लिम्बु जस्ता पहिलो रोजाइका खेलाडीहरुलाई मैदान उतारेका थिए। 

तर, अल्मुताइरीले अनुभवी टोलीलाई मैदान उतारे पनि खेलको पहिलो हाफमा आपसी तालमेल नमिल्दा खेलाडीहरु मैदानको बीच भागमै अलमलिन पुगेका थिए भने केही अवसरलाई मरिससका डिफेन्डरहरुले विफल बनाए।

खेलको तेस्रो मिनेटमै सुनिलले अग्रता लिने मौका गुमाए। सुनिलले करिब २० करिब २० यार्डबाट गरेको प्रहार डिफ्लेक्ट हुँदै बाहिरिएको थियो।

यस्तै, १३औं मिनेटमा सुमनको प्रहार आकासियो। उनले डिबक्स बाहिरबाट गरेको लामो प्रहारले गोल पोस्टको दिशा लिन सकेन। 

१६औं मिनेटमा मरिससका एड्रिएन फ्रान्कोइसको प्रहार गोल पोस्ट नजिक पुग्न पाएन। उनले गरेको प्रहार नेपाली डिफेन्डर देवेन्द्र तामाङलाई लाग्दै डिफ्लेक्ट हुन पुग्यो। 

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

दशरथ रंगशालामा नेपाल भर्सेस मरिसस भिडन्त [तस्बिरहरू]शनिबार, माघ १५, २०७८

३१औं मिनेटमा सुमनको अर्को सशक्त प्रहारले दिशा लिन सकेन। करिब ३० यार्डबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।

३६औं मिनेटमा फ्रान्कोइसको 'वान भर्सेज वान'को मौकालाई गोलरक्षक किरणले विफल पारिदिए। पहिलो हाफको अतिरिक्त समयमा अन्जनले अर्को मौका खेर फ्याँके। 'वान भर्सेज वान'को स्थितिमा सिक्स यार्डभित्रबाट गरेको प्रहारले दिशा लिन सकेन।

तर, नेपालले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गर्‍यो। प्रशिक्षक अल्मुताइरीले दोस्रो हाफमा जगजित श्रेष्ठ, मनिष डाँगी, सुदीप गुरुङलगायतका खेलाडीलाई मैदान प्रवेश गराएर आक्रमक खेल खेल्ने प्रयास गरेका थिए।

त्यसअघि ४७औं मिनेटमा मरिससका फर्नाडो ज्याकसनले गोलको अवसर गुमाएका थिए। उनको प्रहारलाई गोलरक्षक किरणले ड्राइभ गर्दै सहजै बचाए।

पहिलो हाफमा बल नियन्त्रणमा लिएर खेल्न नसकेका विमलले राष्ट्रिय टोलीका लागि कमब्याक गोल गरे। उनले खेलको ५५औं मिनेटमा मरिससका ३ डिफेन्डरलाई छक्याउँदै गोल गरे। डिबक्सभित्रबाट गरेको प्रहारलाई मरिससका गोलरक्षक केभिन जेनले ड्राइभ गर्दै बचाए पनि पोलमा ठोक्किएर गोलमा परिणत भएको थियो।

७५औं मिनेटमा जगजित श्रेष्ठले अग्रता दोब्बर बनाउने मौका गुमाए। कर्नर साइडबाट गरेको प्रहारलाई मिडल पोस्टमा रहेका मरिससका गोलरक्षक जेनलले उचाइको फाइदा लिँदै पञ्च गर्दिए। जगजित ६३औं मिनेटमा सुनिल बलको स्थानमा मैदान छिरेका थिए।

लगत्तै नेपालले दुई उत्कृष्ट मुभ बनाए पनि अन्जन र जगजित गोल गर्नबाट चुके। अन्जनले डिबक्सभित्रबाट गरेको प्रहारलाई गोलरक्षक जेनलले नियन्त्रण लिन सकेनन्। उक्त बललाई जगजितले नियन्त्रणमा लिँदै हेडरमार्फत् दोस्रो प्रयास गरे पनि गोलरक्षक जोनलले पञ्च गर्दै बचाए।

त्यसपछि दुवै टोलीबाट केही प्रयास भए पनि गोल हुन नसक्दा नेपालले १-० को जित हात पारेको हो।

नेपालले अब मरिससविरुद्ध दोस्रो खेल मंगलबार खेल्नेछ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ४:४५ बजेबाट सुरु हुनेछ।

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्