काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
शुक्रबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सरकार सञ्चालन संयन्त्रको बैठकमा प्रचण्डले आफूले नेतृत्व गरेको मन्त्रालयका कामलाई जनमुखी बनाउन निर्देशन दिएका हुन्।
सरकारका कामका विषयमा मन्त्रीहरुबाट रिपोर्ट लिने र अध्यक्षले निर्देशन दिने काम भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।
छलफलमा पार्टीबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीहरु सहभागी थिए। प्रचण्ड अध्यक्ष रहेको सरकार सञ्चालन संयन्त्रको सचिवमा हरिबोल गजुरेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।