काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टि भएपछि पनि आइसोलेसनमा नबस्नु गैह्र जिम्मेवारीको पराकाष्ठा भएको टिप्पणी गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना पुष्टि भए पनि सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै आलोचना भइरहँदा कांग्रेस महामान्त्री शर्माले संक्रमण पुस्टिपछि `आइसोलेसन´मा बस्नु हरेकको जिम्मेवारी भएको बताएका छन्।
उनले जिम्मेवारी पालना नगर्नु बहादुरी नभइ गैह्र जिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत भएको उनको भनाइ छ।
'संक्रमण पुष्टिपछि `आइसोलेसन´मा बस्नु हामी हरेकको जिम्मेवारी हो ! पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत हो !' उनले भनेका छन्।
उनले आफू संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर बल्ल काममा फर्किएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।