• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जसले देशको सेवा गर्न झन्डै साढे दुई करोडको अष्ट्रेलियन छात्रवृत्ति त्यागे

64x64
युवराज भट्टराई मंगलबार, माघ ११, २०७८  १८:०२
1140x725

काठमाडौं– ‘सबै पढेलेखेका मान्छे विदेश जाने हो भने यो देश चाहिँ कसले बनाउँछ नि? ममाथि पढाइमा मात्र होइन, धेरै कुरामा सरकारको लगानी छ। मैले पनि त सरकारको ऋण तिर्नुपर्छ भनेर देशकै सेवा गर्ने निधो गरें।’

बालकृष्ण अवालले पीएचडी अध्ययनको छात्रवृत्ति त्यागे। त्यही कारण देश कोरोना भाइरस संक्रमणको चपेटामा परेको बेला सेवा गर्ने अवसर पाए। परिवार र साथीभाइले त यस्तो ‘फन्टुस’ निर्णय नगर्न भनेका थिए। तर, उनी आफ्नो निर्णयबाट सन्तुष्ट छन्।

उनी अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मेडिकल ल्याब टेक्निसियन छन्। २०७५ सालमा उनले माइक्रोबोयोलोजीमा पीएचडी गर्ने अवसर पाएका थिए। अष्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीले २ लाख अमेरिकी डलर (२ करोड ३६ लाख रुपैयाँ) बराबरको छात्रवृत्ति दिएको थियो। तर, उक्त छात्रवृत्ति त्यागेर उनले देशको सेवा गर्ने निर्णय गरेका हुन्। 

माइक्रोबायोलोजीमा स्नातकोत्तर अध्ययन सकेपछि विधावारिधिका लागि उनले विभिन्न ठाउँमा आवेदन दिइरहेका थिए। सँगै लोकसेवाले लिने परीक्षाको तयारी पनि गरिरहेकै थिए। 

पीएचडी सम्बन्धी उनका धेरै आवेदनहरु अस्विकार भइसकेका थिए। तर, ग्रिफिथ युनिभर्सिटीले भने उनको आवेदन स्वीकार गरेको थियो। यता लोकसेवाको परीक्षामा पनि त्यही वर्ष नाम निस्कियो। ‘दुवैतिरको नतिजा एक साताको फरकमा आएको थियो,’ अवाल सम्झिन्छन्।

अब उनका सामुन्ने दुई विकल्प थिए, परिवारसँगै बसेर सरकारी जागिर खाने वा पीएचडी गर्न विदेशिने। परिवार र आफन्तले उनलाई पाएको ठूलो मौका र रकम नगुमाउन दबाब नै दिए। त्यसमाथि प्रायः नेपालीको सपना बनेको मुलुक अष्ट्रेलियाबाट मौका आउनु ठूलो उपलब्धि भएको उनीहरूको भनाइ थियो।

तर, उनले सुरुको विकल्प रोजे। कैयौं दिनको छट्पटीपछि उनी देशमै बसेर सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने निर्णयमा पुगेका थिए। ‘मलाई लाग्यो, मैले सरकारी स्कुलमा पढेको छु, सरकारी कलेजमा पढेको छु,’ अवाल भन्छन्, ‘देशले ममाथि लगानी गरेको छ। त्यो फिर्ता गर्ने मौका पाएको जस्तो भयो। अध्ययनका लागि त्यही बेला जानुपर्छ भन्ने थिएन। पछि पनि यस्तो मौका पाउँथे। त्यसैले मैले देशकै सेवा गर्ने निधो गरें।’

भक्तपुरमा जन्मिएका अवालले २०५१ सालमा एसएलसी गरे। सिद्धार्थ बनस्थली स्कुलबाट आईएस्सीको अध्ययन गरेपछि उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जबाट ल्याब टेक्निसियनको अध्ययन पूरा गरे। त्यसपछि दुई वर्षसम्म उनले शिक्षण अस्पतालमै काम गरे।

Ncell 2
Ncell 2
nimb
nimb

दुई वर्षपछि धुलिखेल अस्पताल पुगे। त्यहाँ १ वर्षसम्म करारमा काम गरे। त्यस यता उनी निजी कलेजमा अध्यापन गराउँदै आएका थिए। २०७० सालमा भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्रको सुरुवात भएपछि उनी करार सेवामा प्रमुख ल्याब टेक्निसियन भए। पाँच वर्षसम्म त्यहाँ काम गर्दा उनले अंग प्रत्यारोपणका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिन नेपाल भित्र्याए। 

यसबीच उनी थप अध्ययनको सोचमा थिए। विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा पीएचडीको लागि आवेदन दिइरहेका थिए। लोकसेवाको तयारी पनि थियो। लोकसेवाको परीक्षाबाट उनले स्वास्थ्य सेवाको मेडिकल ल्याब टेक्नोलोजिस्ट ९ औं तहमा नाम निकाले। ठूलो रकमको छात्रवृत्ति त्यागेर नेपाल बसेका उनी अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको उपप्रमुख छन्।

‘मेरा सबैजसो साथी विदेश गइसकेका थिए, म चाहिँ देशमै केही गर्ने भनेर बसिरहेको थिएँ’, अवाल भन्छन्, ‘देशमै केही गर्नुपर्छ भन्ने लागेको थियो, लोकसेवा पास नगरेको भए अरु नै कुरा हुन्थ्यो। अष्ट्रेलिया गएको भए पनि फर्किएर आउँथे। पीएचडीभन्दा लोकसेवा भिडेर पाएको मौका महत्वपूर्ण लाग्यो र यतै बस्ने सोच बनाएँ।’

देशमा अध्ययन गर्ने, थोरै अनुभव गरेर विदेश जाने र सकेसम्म उतै ‘सेटल’ हुनेहरुको संख्या बढिरहँदा अवालले गरेको निर्णय धेरैका लागि आश्चर्यजनक थियो। चिनजानकाले ‘देशमा केही हुँदैन, यहाँ मिहिनेत गरेर कसले पो देख्छ र?’ जस्ता कुरा गर्थे। अवाल भने समस्या हुँदा त्योबाट भाग्न नहुने बताउँथे। 

‘समस्या त जहाँ पनि हुन्छ। सबै पढे–लेखेका मान्छे विदेश गएपछि देश कसले बनाउँछ? देशमा जनशक्ति नै नभएपछि समस्या त भइहाल्छ नि। म समस्याबाट भाग्नेभन्दा समस्यासँग जुँधेर त्यसलाई समाधान गर्नुपर्छ भन्ने लागेर यहीँ बसें,’ उनले भने।

लोकसेवा परीक्षा उत्तीर्ण गरेपछि अवालको पोस्टिङ भेरी अञ्चल अस्पतालमा भयो। उनले एक वर्ष त्यहाँ काम गरे। त्यसपछि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आए। काठमाडौं आउनेबित्तिकै कोरोना महामारी सुरु भयो। उनको कामको महत्व झनै बढ्यो। 

‘यहाँ काम गर्न सक्ने अवस्थै छैन भन्ने धेरै छन्,’ उनी भन्छन्, ‘हाम्रो देशमा नहुने होइन, हुन्छ। तर, समय लाग्छ। समय लाग्छ भन्दैमा भागेर हिँड्ने त होइन नि! विस्तारै समयसँगै परिवर्तन हुँदै गएपछि समस्याहरु समाधान हुन्छ।’

देशमै केही गर्छु भन्ने भावनाले तीन वर्षअघि गरेको त्यो निर्णयले उनलाई सन्तुष्ट बनाएको छ। उनी भन्छन्, ‘पीएचडी त म पछि गरौंला। अहिले देशका लागि काम गरौं भन्ने हो। यो निर्णयमा सन्तुष्ट भएकै कारण खुसी छु।’

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्