काठमाडौं– आज बिहीबार तय भएको सत्ता गठबन्धनका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ।
स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो ४ बजे बोलाइएको बैठक स्थगित भएको हो। बैठकको तयारी नपुगेपछि स्थगित भएको जनाइएको छ।
यसअघि मंगलबार बसेको बैठकमा पनि स्थानीय तहको निर्वाचनका विषयमा नेताहरूबीच छलफल भएको थियो।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको छ। सत्ता गठबन्धन दलहरूबीच भने निर्वाचन कहिले गर्ने भन्ने सहमति हुन सकेको छैन।
स्थानीय तहको निर्वाचन पहिले गर्ने कि संघीय संसद्को भन्नेमा गठबन्धनका नेताहरूबीच सहमति जुटेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।