काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच वर्षअघि नै चुनाव गर्नु प्रतिगमन बताउनेहरु नै वैशाखमा चुनाव गर्न तयार रहेकोमा आश्चार्य प्रकट गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले भनेका छन्, 'पाँच वर्ष अगावै चुनावगर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानीय चुनाव पछि सार्नेगरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे!?'
उनले संविधानमा तीन-तीन महिना गरेर ६ महिना संकटकाल लगाउन सकिने व्यवस्था समेतलाई ध्यानमा राखेर ६ महिनाभित्र चुनाव गर्नैपर्ने संविधानको व्यवस्थालाई अपव्याख्या गर्न खोजिएको बताएका छन्।
यसरी चुनाव गर्न खोज्ने मात्रै होइन, विनाकुनै कारण ६ महिना स्थानीय तह जनप्रतिनिधि विहिन बनाएर त्यसको दुरुपयोग गर्न खोज्ने सत्ता गठबन्धन विरुद्धमा नबोल्ने पनि अस्थिरताका सर्जक रहेको बताएका छन्।
उनले भनेका छन्, 'विनाकुनै कारण ६ महिना स्थानीय तह जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्नखोज्ने परमादेशी सत्ता गठबन्धन विरुद्धमा चु वोल्न नसक्नेहरु आफैमा अस्थिरताको सर्जक हुन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।