• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपाल बार एसोसियसनको आन्दोलन भोलिबाट 'भर्चुअल' माध्यमबाट हुने

64x64
नेपाल लाइभ बुधबार, माघ ५, २०७८  १८:११
1140x725
फाइल तस्बिर

काठमाडौं- नेपाल बार एसोसियसन (नेबाए)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध जारी आन्दोलनलाई 'भर्चुअल' रुपमा निरन्तरता दिने भएको छ।

नेबाएले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण आन्दोलनको स्वरुप परिवर्तन गरिएको बुधबार विज्ञप्तिमार्फत् जानकारी दिएको हो। माघ ६ गते (बिहीबार)देखि माघ १८ गतेसम्मका लागि आन्दोलनको स्वरुप परिवर्तन गरी भर्चुअल माध्यमबाट अन्तर्क्रिया गरी निरन्तरता दिने जनाइएको छ।

'नेबाएको अभियान सफलताउन्मुख रहिरहेको अवस्थामा नेपाल राज्यभर र अझै काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर निरन्तर रुपमा बढिरहेको र नेबाएको आन्दोलनमा सहभागी करिब ३ दर्जन कानुन व्यवसायीहरुमासमेत संक्रमण भइ उपचाररत रहनुभएको अवस्था रहेको, नेपाल सरकार र स्थानीय प्रशासनले पनि भेला, जुलुस, धर्ना नगर्न सूचना जारी गरेको, सर्वोच्च अदालत तथा अन्य अदालतहरुले पनि संक्रमण नियन्त्रणका लागि अदालतबाट पनि सेवा प्रवाहमा संकुचन ल्याउने निर्णय गरी सूचना प्रकाशित भएकोसमेतका कारणबाट कोरोना संक्रमणबाट आम कानुन व्यवसायी, सेवाग्राही, अदालतका न्यायाधीश, कर्मचारीसमेतलाई बच्न र बचाउनका लागि नेबाएले गरिआएको आन्दोलन, धर्नाका कार्यक्रमहरुलाई हाललाई आन्दोलनको स्वरुप परिवर्तन गर्ने भन्ने आम कानुन व्यवसायीहरुको सुझावसमेतलाई मध्यनजर गरी सर्वोच्च अदालत प्रांगणमा गरिँदै आएको भौतिक धर्ना, विरोध कार्यक्रम पछिसम्म निरन्तर रहने गरी हाललाई मिति २०७८ माघ ६ गतेदेखि मिति २०७८ माघ १८ गतेसम्मका लागि स्वरुप परिवर्तन गरी भर्चुअल माध्यमबाट व्यापक अन्तर्क्रिया गरी निरन्तरता दिने व्यहोरा जानकारी गराउँदछौं,' नेबाएका महासचिव अधिवक्ता लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिको पूर्णपाठ:

२०७८ माघ ५ गते

Ncell 2
Ncell 2

प्रेश विज्ञप्ति
 
नेपाल बार एसोसियसन स्वतन्त्र, सक्षम, निष्पक्ष न्यायपालिकाको सम्बर्धन र प्रर्वधनका लागि न्यायपालिकाको समग्र सुद्धिकरण र सुदृढीकरण गरी आम नागरिकको आस्था, भरोसा र विश्वास योग्य गराउनका लागि विगत वर्षहरुदेखि नै निरन्तर लागि रहेको ब्यहोरा सबैमा बिदितै छ। नेबाएका पटक–पटकको ध्यानाकर्षणहरुका बाबजुद पनि न्यायपालिका सुधारका प्रयासहरु नगरिएकोले मिति २०७७/०४/२५ गते गम्भीर ध्यानाकर्षण गराएको फलस्वरुप न्यायपालिकाको समग्र सुधारका लागि विकृति, विसंगति, विचौलिया, भ्रष्ट्राचार नियन्त्रणका लागि र स्वचालित पेशी व्यवस्थापन प्रणाली  Automated Cause list System   लागू गराउन नेबाएको समेत संलग्नतामा समिति गठन भई प्रतिबेदन समेत तयार भएको र प्रतिवेदन कार्यान्वयन गराउने सम्बन्धमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश अनिच्छुक देखिनु भएको र उहाँबाट न्यायपालिकाको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता कायम राख्न नसकेको, शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्त, शक्ति पृथकीकरणको सिद्धान्त विपरितका गतिविधिमा संलग्न भई न्यायमा अवरोध सिर्जना गरेको कारण नेबाएले मिति २०७८/०७/१४ गतेदेखि निरन्तर प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.को राजीनामा माग गरि आन्दोलनमा रहेको ब्यहोरा पनि अवगत नै छ। संविधान, कानून, न्याय परिषद् ऐन, नियम, कार्यविधि, मापदण्ड आफु पालना नगर्ने अनि नेबाएको आन्दोलनका कारण न्यायाधीश सरुवा, नियुक्ति, कर्मचारी बढुवा लगायतका कार्य रोकिन पुगेको भन्ने गलत भ्रामात्मक कुरा फैलाईएको कुरामा पनि हामी सचेत छौं। सरुवा, नियुक्ति २०७८ असारदेखि असोजसम्म नगरिएको विषय पनि विकृति, विसंगति र कानून विपरितको कार्य नै हो।  

नेबाएको बिगतदेखिको माग र निरन्तर आन्दोलनको फलस्वरुप सबै तहका अदालतहरुमा गोला प्रक्रियामार्फत पेशी व्यवस्थापन भई आएको छ। यसबाट प्रधान न्यायाधीश, मुख्य न्यायाधीश तथा एउटै न्यायाधीशले शुरुदेखि अन्तसम्म मुद्दा हेर्दा भएका वा हुने गरेको विकृती, विसंगति र भ्रष्ट्राचार तथा विचौलीयाको अन्त हुने विश्वास लिईएको छ। एउटा प्रक्रियामा अभ्यस्त भएका हामीहरुमा नयाँ प्रक्रियामा जाँदा केहि असहज महसुस हुनु स्वभाविक हो। खराब पात्रको खराब प्रवृत्तिका कारण न्यायपालिकामा मौलाएको विकृति, विसंगति र भ्रष्ट्राचार नियन्त्रण गर्न अन्य उपायको विकल्पमा प्रविधिको प्रयोग मार्फत सुधार गर्ने प्रयास हुनु अन्यथा भन्न मिल्दैन। प्राधिकार व्यक्ति ईमान्दार भई आफ्नो पदीय जिम्मेवारी बहन गरि आएको भए आज यो स्थिति आउने पनि थिएन। गोला प्रक्रिया समग्रमा  Automated Cause list System  लागू नहुन्जेलसम्मका लागि हो भन्ने कुरामा द्विविधा हुनुपर्ने आवश्यकता छैन। अतः यो गोला प्रक्रिया न्यायपालिकाका मुख्य विकृतिहरु हटाउन प्रस्थानविन्दु भएको कुरामा हामी विश्वस्त
छौं। थप सुधारका कार्यक्रमहरु निरन्तर जारी रहन्छन्, रहनेछन। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले राजीनामा नदिएका कारण न्यायपालिका सुधारका समग्र कार्यक्रम रोकिन पुगेका र नेबाएले संवैधानिक प्रक्रिया अवलम्बन गर्न राजनीतिक दल र संसदको ध्यानाकर्षण गराई सकिएतापनि सार्थक पहल हुन नसकेकोमा हामीलाई गम्भीर बनाएको छ। यस सम्बन्धमा संसद सदस्यहरुलाई निरन्तर जानकारी गराउँदै थप व्यापक समर्थन जुटाउन आवश्यक भएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.को बहिर्गमन नहुँदा न्यायपालिकाका कतिपय नियमित कार्यहरु पनि प्रभावित हुन गएका छन्। न्यायपालिकालाई स्वतन्त्र र नियमित रुपमा सञ्चालन गर्न पनि उहाँको बहिर्गमन नै अन्तिम विकल्प बनेको छ। त्यसैले नेबाएको यस आन्दोलन निरन्तर जारी राख्नुको पनि विकल्प छैन।

यसैबीच नेपाल बार एसोसियसन न्यायपालिका र कानून व्यवसायीको समग्र सुधारका लागि निरन्तर कार्यक्रम, अभियान र आन्दोलनमा रहि रहेको छ। नेबाएको अभियान सफलताउन्मूख रहिरहेको अवस्थामा नेपाल राज्यभर र अझै काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर निरन्तर रुपमा बढी रहेको र नेबाएको आन्दोलनमा सहभागी करिब ३ दर्जन कानून व्यवसायीहरुमा समेत संक्रमण भई उपचाररत रहनु भएको अवस्था रहेको, नेपाल सरकार र स्थानीय प्रशासनले पनि भेला, जुलुस, धर्ना नगर्न सूचना जारी गरेको, सर्वोच्च अदालत तथा अन्य अदालतहरुले पनि संक्रमण नियन्त्रणका लागि अदालतबाट पनि सेवा प्रवाहमा संकुचन ल्याउने निर्णय गरि सूचना प्रकाशित भएको समेतका कारणबाट कोरोना संक्रमणबाट आम कानून व्यवसायी, सेवाग्राही, अदालतका न्यायाधीश, कर्मचारी समेतलाई बच्न र बचाउनका लागि नेबाएले गरि आएको आन्दोलन, धर्नाका कार्यक्रमहरुलाई हाललाई आन्दोलनको स्वरुप परिवर्तन गर्ने भन्ने आम कानून व्यवसायीहरुको सुझाव समेतलाई मध्यनजर गरि सर्वोच्च अदालत प्राङ्गणमा गरिँदै आएको भौतिक धर्ना, विरोध कार्यक्रम पछिसम्म निरन्तर रहने गरी हाललाई मिति २०७८ माघ ६ गतेदेखि मिति २०७८ माघ १८ गतेसम्मका लागि स्वरुप परिवर्तन गरी भर्चुयल माध्यमबाट व्यापक अन्र्तक्रिया गरी निरन्तरता दिने व्यहोरा जानकारी गराउँदछौं।

नेबाएको आन्दोलन, विरोध र धर्ना कार्यक्रमको फलस्वरुप प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले ईजलास नलिएको, सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरुले प्रधान न्यायाधीशको ईजलासमा नबसेको, कानून व्यवसायीहरुले बहस पैरबी नगर्ने भएको, न्याय परिषद् र न्याय सेवा आयोगका पदाधिकारी सदस्यहरुले प्रधान न्यायाधीशको अध्यक्षतामा बैठक नबसेको, महान्यायाधीवक्ताको कार्यालय र नेबाएले आफ्ना कार्यक्रममा आमन्त्रण नगरि बहिष्कार गरिएको, समग्रमा उहाँ प्रमुख भूमीकामा नरहेको स्थिति भए पनि कोभीड संक्रमण र सेवा संकुचन गरिएको अवस्थामा मौका छोपेर समग्र प्रक्रियामा सहभागी हुन सक्ने सम्भावना समेतलाई मध्यनजर गरि नेबाएको आन्दोलन फरक रुपमा जारी राख्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले बोलाउने न्याय परिषद्, न्याय सेवा आयोग समेतका बैठकमा सहभागी नहुन सम्बन्धित पदाधिकारीहरुलाई पुनः ध्यानाकर्षणका साथ अनुरोध गर्दै मिति २०७८ माघ ६ गतेदेखि विरोध कार्यक्रमको वर्तमान स्वरुपलाई परिवर्तन गरि भर्चुयल माध्यमबाट कानून व्यवसायी, नागरिक समाज, राजनीतिक दल, सांसद समेतसँग ब्यापक जनमत सिर्जना गर्ने, राजीनामा दिन वा महाअभियोग लगाउन बाध्य पार्ने वातावरण बनाउने र यसैबिच प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले थप सक्रिय भई थप भूमीका लिन लागेमा भौतिक रुपमा नै सशक्त विरोध कार्यक्रम गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदै हालसम्म नेबाएको अभियानलाई साथ, सहयोग र समर्थन गरिरहनु भएका सबैलाई हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दै भर्चुयल माध्यमबाट गरिने कार्यक्रममा सक्रिय सहभागी हुन र नेबाएले अनुरोध गरेको समयमा भौतिक रुपमा समेत सहभागी हुनका लागि हार्दिक अनुरोध गरिन्छ।

कोभिड संक्रमणबाट पीडित कानून व्यवसायीहरु, न्यायाधीशहरु तथा कर्मचारीहरु सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यहाँहरुको निरन्तर सहयोग र सद्भावका लागि हार्दिक धन्यबाद।

अधिवक्ता लीलामणि पौडेल
महासचिव

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलद्वारा दक्षिण लेबनानका गाउँ खाली गर्न आदेश
सुनको मूल्य तोलामा ३ लाख २८ हजार नाघ्यो
विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तानी खेलाडीलाई जरिवाना
सम्बन्धित सामग्री
गोरखा–२ मा काँग्रेस र बाबुराम भट्टराईको पार्टीको संयुक्त घरदैलो अभियान प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वमा रहेको टोलीले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग मिलेर सोमबार बिहानैदेखि पाल... सोमबार, फागुन १८, २०८२
बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन् । सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितक... सोमबार, फागुन १८, २०८२
निर्वाचन प्रचार-प्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको गृहमन्त्री अर्यालको दाबी प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध... सोमबार, फागुन १८, २०८२
ताजा समाचारसबै
इजरायलद्वारा दक्षिण लेबनानका गाउँ खाली गर्न आदेश मंगलबार, फागुन १९, २०८२
सुनको मूल्य तोलामा ३ लाख २८ हजार नाघ्यो मंगलबार, फागुन १९, २०८२
विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तानी खेलाडीलाई जरिवाना मंगलबार, फागुन १९, २०८२
अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई भन्यो– सक्दो चाँडो बाहिरिनू मंगलबार, फागुन १९, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना सोमबार, फागुन १८, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
गोरखा–२ मा काँग्रेस र बाबुराम भट्टराईको पार्टीको संयुक्त घरदैलो अभियान सोमबार, फागुन १८, २०८२
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्