• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सरोजको विकल्प आर्ट : कला र समाज जोड्ने क्याफे

64x64
युवराज भट्टराई बिहीबार, माघ ६, २०७८  ०७:०७
1140x725

काठमाडौं– ललितपुरको पुल्चोकस्थित निदान हस्पिटल छेवैको गल्लीबाट भित्र छिरेपछि पश्चिमा संगीतको धुन कानमा ठोकिन्छ। यही धुन पछ्याउँदै करिब २०० मिटर भित्र पसेपछि कला र क्याफेको संगम विकल्प आर्ट सेन्टरमा पुग्न सकिन्छ।

त्यहाँ शनिबारबाट सुरु भएको ‘मिथिला मोटिफ्स र जीवनशैलीको सम्झना’ शिर्षकमा नम्रता सिंहको एकल कला प्रदर्शनी चलिरहेको छ। विकल्पमा कला पारखीहरूले संगीतसँगै क्याफेको पनि मजा लिन सक्छन्।

विकल्प आर्ट सेन्टर सन् २००९ बाट सुरु भएको हो। यसका संञ्चालक ‘आर्ट क्युरेटर’ तथा फिल्मकर्मी सरोज महतो हुन्। उनी ‘भिजुअल आर्ट’ अन्तर्गत ‘भिडियो एण्ड फिल्म’ पढ्न दक्षिण कोरिया पुगेका थिए। त्यति नै बेला जन्मिएको थियो यो कलाकेन्द्रको अवधारणा। सरोज र उनकी श्रीमतीले कोरियामा हुँदै नेपालमा भिजुअल आर्ट सेन्टर खोल्ने योजना बनाए, जहाँ साथीभाइ भेट भएर समय बिताउन सकियोस्। 

‘हामीले सुरुमा भर्चुअल माध्यमबाट यो काम गरेका थियौं,’ सरोज भन्छन्, ‘नेपाल फर्किएपछि यसलाई भौतिक रूप दिएर काम गर्न थाल्यौं। भर्चुअल रुपमा वेबसाइटबाट सन् २००९ मा सुरु भयो भने भौतिक रुपमा सन् २०१३ बाट सुरु गरेका थियौं।’

सन् २००९ मा नेपालमा इन्टरनेट अहिलेजस्तो व्यापक थिएन। फेसबुकसँग भर्खर मान्छेहरु परिचित भएका थिए। सरोज आफैं पनि त्यो बेला म्यासेन्जर चलाउँथे। नेपालमा कला केन्द्रको रुपमा व्यक्तिगत तवरले स्थापना भएका ठाउँहरु कमै थिए।

कोरियामा रहँदा नै उनले कला क्षेत्रसँग सम्बन्धित केही काम गरे। वेबसाइटमै कला प्रदर्शनी भयो। तर, कोरियामा बसेर नेपालको कला क्षेत्रसँग सम्बन्धित काम गर्न सहज थिएन। सन् २०१२ मा उनीहरु नेपाल फर्किए। कलाको बजार बुझे। कला केन्द्र र क्याफे संचालनबारे अनुसन्धान गरे। एक वर्षपछि सन् २०१३ मा विकल्पको सुरुवात भयो। 

‘हामीले भर्चुअल रुपमा एक दुई वटा काम गर्यौँ,’ सरोज भन्छन्, ‘तर, नेपालमा नभएकाले काम गर्न असहज थियो। त्यसपछि हामीले थोरै समय पर्खियौं। नेपाल आएपछि औपचारिक रुपमा नै कला केन्द्र स्थापना गरेका हौँ।’

Ncell 2
Ncell 2
nimb
nimb

सरोजले ‘फाइन आर्ट’मा नेपालबाट स्नातक र कोरियाबाट स्नातकोत्तर गरेका छन्। कोरियामा उनले आधुनिक कलासँग साक्षात्कार गर्न पाए। कलाका विविध आयामबारे बुझ्दै जाँदा उनलाई नेपालमा मूलधारको कला निकै सतही भएको महसुस भयो। कलाबारे बहस र नजिकका साथीभाइ भेटघाट र छलफल गर्ने ठाउँको अभाव खड्किएको देखे। 

कोरियाबाट फर्किएपछि महतोले विकल्प आर्ट सेन्टरको सुरुवात मात्र गरेनन् ‘रन्डम लाइन प्रोडक्सन कम्पनी’ पनि खोले। त्यति बेला सरोज विज्ञापन निर्माण र फिल्म निर्देशन पनि गरिरहेका थिए। विकल्पलाई पनि सम्हालिरहेका थिए। केही लघु चलचित्र बनाएपछि उनी पूर्ण रुपमा कला केन्द्रमै केन्द्रित हुन थाले।

सरोजले विकल्प स्थापनादेखि नै कलाको नयाँ माध्यमलाई स्थापित गराउने सोच लिएका थिए। तर, नेपालमा कला क्षेत्र मूलधारको रुपमा स्थापित नै भएको थिएन। उनले जोखिम मोलेका थिए। उनी भन्छन्, ‘स्थापनादेखि हाम्रो ध्यान यहाँ आर्ट सेन्टर बचाइरहनेमा छ। क्याफे त्यसैको लागि हो। आर्ट सेन्टरलाई सञ्चालन गरिरहनका लागि क्याफेको आम्दानीले सहज बनाउँछ।’

विकल्पको मुख्य ध्यान कलाको नयाँ स्वरूप र युवा पुस्तालाई एक ठाउँमा ल्याउने हो। उनले परम्परागत र पौराणिकभन्दा पनि आधुनिक नेपाली कलालाई महत्व दिने गरेका छन्।

नेपालमा अहिले पनि कलाको निश्चित बजार छैन। एउटा कलाकारले स्वयं काम गर्दै आफ्नो दैनिकी चलाइरहन सहज अवस्था छैन। सन् २०१३ मा त कला केन्द्र स्थापनाको सोच नयाँ नै थियो। प्रदर्शनीबाट चित्रकला, इन्स्टलेसनलगायतका कलाका उत्पादनहरु बिक्री गर्ने र रकम जम्मा गर्ने काम सुनाउँदा कतिपयले त विश्वास पन गरेनन्।

‘नेपालमा अहिले पनि कलाको बजार छैन, त्यति बेला झन् हुने कुरै भएन,’ सरोज भन्छन्, ‘हामीभन्दा सानो देशमा कलाको बजार छ। तर, यहाँ त्यो अवस्था छैन। कलाको बजार नभएपछि हामीजस्तो आर्ट सेन्टरहरुलाई बाँच्न गाह्रो हुन्छ। त्यसका लागि कला केन्द्रसँगै अर्को व्यवसाय गर्न बाध्य भइन्छ। हाम्रो खास उद्देश्य कलाकार र सर्वसाधारणबीचको पुल बन्ने पनि हो।’ त्यही सोचका कारण क्याफे पनि सञ्चालन गरेको उनी बताउँछन्।

क्याफेमा आउनेले विकल्पमा हुने प्रदर्शनीलगायतका कला क्षेत्रका कामबारे थाहा हुने र यसले सर्वसाधारण र कलाबीचको दूरी कम गर्नमा सहयोग गरेको सरोजले बताए। ‘कला भनेको मानिससँग जोडिन्छ,’ उनी भन्छन्, ‘हामी धुमिल अवस्थामा थियौं, केही नदेखिने अवस्था थियो। अहिले त्यो धुमिल रेखा थोरै हटेको छ। कतिपय मान्छेले कलालाई बुझ्ने प्रयास गरेका छन्। कामलाई प्रोत्साहन पनि गरेका छन्।’

विकल्पको मुख्य ध्येय कला हो। सँगै क्याफे छ। त्योबाहेक ‘को–वर्किङ स्पेस’को रुपमा सहकार्य गरिरहेको छ। ‘हाम्रो देशमा कला क्षेत्र सधैं छाँयामा छ, चाहे त्यो फिल्म होस्, चित्रकला होस् वा संगीत’, सरोज भन्छन्, ‘भर्खर नेपालमा कलाको संस्कृति विकास भइरहँदा यी सबै कुराहरुलाई लैजान आवश्यक छ। त्यसका लागि हामीले गरेको यो एउटा प्रयास मात्र हो। हाम्रो कारणले कला केही मान्छेबीचमा पुगेको छ।’

हाल विकल्पमा कला प्रदर्शनीसँगै फिल्म, भिजुअल आर्ट, चित्रकलालगायतका कलाका विभिन्न आयामसँग सम्बन्ध राख्ने क्रियाकलाप भइरहेका छन्। अनुसन्धानका लागि आवश्यक सामग्रीसहितको विकल्प रिसोर्स सन्टरको स्थापना भएको छ। हरेक बुधबार ‘सिने नाइट’ हुन्छ, जहाँ फिल्म हेर्ने र त्यसमाथि बहस गर्ने गरिन्छ।

‘विकल्प कला क्षेत्रका सबै क्रियाकलापका लागि खुल्ला छ,’ सरोज भन्छन्, ‘कसैसँग कुनै पनि किसिमको कलासँग सम्बन्धित काम भए सँगै सहकार्य गर्न सक्ने वातावरणको विकास भएजस्तो लाग्छ।’

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्