काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा ढुङ्गा प्रहार गरेको आरोपमा पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ का २६ वर्षीय सुमन पटेल छन्।
प्रदेश २ को नाम 'मधेश प्रदेश' र राजधानी जनकपुरधाम तोकिएको विरोधमा आयोजित विरोध र्यालीका क्रममा मुख्यमन्त्री राउतको वीरगञ्जस्थित निजी निवासमा ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले पटेललाई पक्राउ गरेको हो।
पटेलले वीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोलमा रहेको मुख्यमन्त्रीको निजी निवासमा ढुङ्गा प्रहार गर्दा मुख्यमन्त्रीको घरको २ वटा सिसा फुटेको प्रहरीको दाबी छ।
प्रहरीले पक्राउ परेका पटेलमाथि अपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।