विराटनगर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सभाको हिउँदे अधिवेशनमा प्रदेशको नाम टुंगो लगाइने बताएका छन्। ७ प्रदेशमध्ये अब प्रदेश १ को मात्रै नामाकरण हुन बाँकी छ।
मंगलबार मुख्यमन्त्रीको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री आफ्नो नेतृत्वमा सरकार गठन भएपछि प्रदेश सभाको एउटा पनि बैठक बस्न नसकेको र आगामी अधिवेशनमा प्रदेशको नाम टुंगो लगाइने बताए। मुख्यमन्त्री राईले भने, 'प्रदेशको नाम प्रदेशसभाले नै टुङ्गो लगाउँछ।'
मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने प्रक्रिया अगाडि बढाइने बताए।
उनले यही माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नाम टुङ्गो लगाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।