• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अब कहिल्यै बज्ने छैनन् महाराजका घुंघरु

64x64
युवराज भट्टराई बुधबार, माघ ५, २०७८  ०९:०६
1140x725

काठमाडौं– सन् २०१० मा भारतको दिल्लीस्थित कमानी अडिटोरियममा सांस्कृतिक कार्यक्रम भइरहेको थियो। गायिका गिरिजा देवीले ‘होरी’ गाइरहेकी थिइन्– ‘रंग डारुंगी नन्द के लालन पे।’ राधाले कृष्णलाई सम्बोधन गर्दै रङ लगाइदिने आफ्नो चाह पोखिएका वाक्य थिए यी। ‘होरी’ गाइरहेकी गिरिजाको छेवैमा नृत्यकार पण्डित बिरजू महाराज थिए, जो राधाले भनेका कुराहरूलाई नृत्यमा प्रस्तुत गरिरहेका थिए।

गिरिजा देवी आफ्नो ठाउँबाट उठिन्, नृत्य गरिरहेका बिरजू नजिक गइन् र आफ्नो सल उनको शिरमा पहिराइदिइन्। हलमा ताली गुञ्जियो। गिरिजाले भनिन्, ‘मैले आजसम्म कुनै महिला नर्तकीले पनि राधालाई यति सुन्दर रूपमा प्रस्तुत गरेको देखेको थिइनँ।’

बिरजू संगीतका सात स्वर, ताल र लयलाई आफ्नो शरीरको हाउभाउबाटै प्रस्तुत गर्न सक्थे। शास्त्रीय संगीत र नृत्यमा उनको विशेष दखल थियो। विभिन्न पौराणिक र कथकजस्ता शास्त्रीय नृत्यमा महिला पात्रको भूमिकामा पुरुष कम मात्र देखिन्थे। तर, उनले यस्ता भूमिकामा नृत्य गरेर लैङ्गिक समानताको वकालत गरेका थिए। उनको नृत्यसँगै बज्ने घुंघरु दर्शकका लागि खास हुन्थ्यो।

तर, अब बिरजूका घुंघरु बज्ने छैनन्। उनका ती चालहरू देखिने छैनन्। सोमबार उनको निधन भएको छ। भारतमा शास्त्रीय संगीत र कथक नृत्यका अगुवा बिरजूको ८३ वर्षको उमेरमा निधन भएको हो। 

पण्डित बिरजूको बाल्यकालको नाम थियो, बृजमोहन। कथक नृत्यको प्रारम्भिक शिक्षा उनले आफ्ना बुबा अच्छन महाराजबाट लिएका थिए। उनका पाउहरूले कथकको संस्कारअनुसार चाल चल्न सुरु गर्दा उनी ६ वर्षका मात्र थिए। ७ वर्षको उमेरमा उनले गायनमा पहिलो प्रस्तुति दिएका थिए।

उनी आफ्ना बुबासँगै भारतको रामपुरको नवाब दरबारमा नाच्न जान्थे। उनलाई बिहानै उठाएर गाजल लगाइदिएर उनका बुबाले काँधमा राखेर नवाबको दरबार लैजान्थे। आफ्नो निद्रा बिथोलेकोमा बिरजू भने बुबा र आमासँग रिसाउँदै भन्थे– ‘यो नवाबको मृत्यु किन हुँदैन?’

बाल्यकालमा रिसले भरिएको एउटा बालक कालान्तरमा भने विश्वभर नै परिचित नृत्यकार बन्न पुग्यो। उनी ९ वर्षको हुँदा उनको बुबाको मृत्यु भएको थियो। तर, उनको बाटो मोडिएन। उनले संघर्ष गरिरहे।

बुबाको देहान्तपछि उनी आफ्ना काका शम्भु महाराज तथा लच्छु महाराजसँग कथक सिक्न थाले। कथकको भाव, छन्दको माधुर्यता उनले निकै चाँडै टिप्न थाले। त्यसैमा रमाउन थाले। उनले १६ वर्षको उमेरमा पहिलो कथक प्रस्तुति दिए। शब्द र संगीतको भावलाई उनले निकै राम्रोसँग आफनो चाल र हाउभाउबाट प्रस्तुत गरेर प्रशंसा बटुलेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यति बेला भारतको लखनउमा महफिल भइरहेको थियो। शास्त्रीय संगीतका उस्ताद विस्मिल्लाह खान आफ्ना औंलाहरू सहनाईमा नचाइरहेका थिए। त्यति नै बेला मञ्चबाट घोषणा भयो– अब अच्छन महाराजका छोरा बिरजूले नृत्य गर्नेछन्।

यो घोषणा उनको पहिलो कार्यक्रमको थियो। बिरजूको नृत्य यस्तो थियो, उस्ताद विस्मिल्लाह खान सहनाई बजाउन छाडेर भावुक भए। उनी शम्भु महाराज (बिरजूका काका) नजिकै आएर भन्न थाले, ‘नाँच्न त तिमी पनि नाच्थ्यौ। तर, तिम्रो भतिज त कस्तो राम्रो नाँच्दो रहेछ।’ लगत्तै उस्ताद खानले बिरजूको शिरमा हात राख्दै आर्शिवाद दिए– नाँच्न नछाड्नू।

बाल्यकालबाट नै कथक नृत्यमा भिजेका बिरुजूले साधना गर्न छाडेनन्। करिब २८ वर्ष निरन्तर साधना गरेरहेपछी उनलाई भारतको प्रतिष्ठित ‘संगीत नाट्य अकादमी’ अवार्ड मिल्‍यो।

बिरजूले ६ दशकभन्दा लामो समय कथक र शास्त्रीय संगीत तथा नृत्य साधना गरे। शरीरले अभिव्यक्त गर्ने हाउभाउमा उनको गजबको नियन्त्रण थियो। उनको नृत्य केवल नृत्य मात्र नभएर एउटा अभिव्यक्ति थियो। फिल्ममा उनले गरेका कोरियोग्राफीदेखि उनी आफैंले दिएका प्रस्तुतिहरूमा आँखा र अनुहारको भावभंगीसँगै शरीरका अन्य अंग पनि बोल्थे। 

Xtrem

Xtrem

बिरजूले ६ दशकभन्दा लामो समय कथक र शास्त्रीय संगीत तथा नृत्य साधना गरे। शरीरले अभिव्यक्त गर्ने हाउभाउमा उनको गजबको नियन्त्रण थियो। उनको नृत्य केवल नृत्य मात्र नभएर एउटा अभिव्यक्ति थियो। 

बाल्यकालबाटै बिरजूले कथक नृत्यमा जुन स्थान हासिल गरे, त्यसले पछि गएर अनेक मञ्च र फिल्ममा स्थान पायो। उनी दिल्ली गएर ‘संगीत भारती विद्यालय’मा कथक नृत्यको प्रशिक्षक भए। उनीसँग नृत्य गर्दै ठुम्री (शास्त्रीय गायनको एउटा विधा) गाउन सक्ने खुबी थियो। उनको कथक नृत्य र गायनले पौराणिक मात्रै नभएर हाम्रै समाजको कथाहरू पनि भन्थे।

उनले प्रसिद्ध भारतीय फिल्म निर्देशक सत्यजीत रायको फिल्म ‘सतरञ्जकी खिलाडी’मा गरेको कोरियोग्राफी निकै चर्चित छ। फिल्ममा उच्च आर्थिक अवस्थाका दुई मानिस आफूले शासन गर्ने क्षेत्रको हेरचाह गर्नुको सट्टा चेस खेल्दै समय बिताउने कथालाई समेटिएको छ। यो फिल्म रायले गरेको सामाजिक व्यंग्यको कलात्मक नमूना हो। यसमा बिरजूले गरेको कोरियोग्राफी पनि कम कलात्मक छैन।

सरकार (नवाब)को अदालतमा भएको नृत्यको दृश्यलाई बिरजूले संयोजन गरेका थिए। यो नृत्यमा उनकै विद्यार्थी स्वाती सेनले नृत्य गरेकी छिन्। यो गीतको बोल थियो ‘कहाँ मेंन तोसे हरी।’ यसको संगीत संयोजन, गायन र कोरियोग्राफी सबै बिरजूले गरेका थिए। शास्त्रीय सुरमा रहेको यो गीतमा स्वाती सेनको नृत्यले शब्द र संगीतलाई उत्कृष्ट ढंगमा अभिव्यक्त गरेको छ। 

यो एउटा उदाहरण मात्र हो, यस्ता अरु धेरै गीत र नृत्यमा बिरजूको प्रभाव देख्न सकिन्छ। बिरजूले कोरियोग्राफी गरेका ‘दिल तो पागल हे’मा माधुरी दिक्षितको नृत्य, ‘गदार : एक प्रेम कथा’ को गीत ‘आओ मिलो सजना’मा अमिशा पटेलको नृत्य, ‘देवदास’ फिल्मका अधिकांश नृत्य बलिउडका दर्शकले सम्झिरहने छन्।

पछिल्लो पटक उनले ‘बाजिराव मस्तानी’ फिल्मको ‘माहे रंग दो लाल’ गीतको नृत्य संयोजन गरेका थिए। यो गीतमा अभिनेत्री दिपिका पादुकोणको नृत्य छ। सुस्त गतिको गीतमा दिपिकाको अनुहारको भाव निकै महत्वपूर्ण थियो, जुन बिरजूको नृत्य संयोजनकका कारण उत्कृष्ट भएको छ। यो फिल्मले उनलाई उत्कृष्ट कोरियोग्राफीको ‘फिल्मफेयर अवार्ड’ दिलाएको थियो।

बिरजूले भारत सरकारले दिने सुप्रसिद्ध ‘पद्य विभूषण’ पाएका थिए। उनले अरु धेरै अवार्ड र विभूषण पनि पाएका थिए। उनले सन् २०१२ मा ‘विश्वरुपम’ फिल्ममा गरेको कोरियोग्राफीका लागि भारतको राष्ट्रिय फिल्म पुरस्कार दिइएको थियो।

जीवनको उतरार्धमा आएर पनि विरजूमा उत्तिकै जोश थियो। आफ्नो ७५औं जन्मदिनमा उनले भारतको दिल्लीस्थित ‘एफआईसीसीआई अडिटोरियम’मा उस्ताद जाकिर हुुसैनको तबलामा प्रस्तुति दिएका थिए। पण्डित राजन र सजन मिश्राले ठुमरी गाएका थिए। उमेरले साढे सात दशक नाघेका बिरजूमा त्यस बेलासम्म पनि जोश जाँगर उस्तै थियो।

त्यसको करिब आठ वर्षपछि उनी संसारबाट बिदा भएका छन्। उनका खुट्टाको चालसँगै बज्ने घुंघरु अब कहिल्यै बज्ने छैनन्।

(एजेन्सीहरुकाे सहयोगमा)

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्