• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अब कहिल्यै बज्ने छैनन् महाराजका घुंघरु

64x64
युवराज भट्टराई बुधबार, माघ ५, २०७८  ०९:०६
1140x725

काठमाडौं– सन् २०१० मा भारतको दिल्लीस्थित कमानी अडिटोरियममा सांस्कृतिक कार्यक्रम भइरहेको थियो। गायिका गिरिजा देवीले ‘होरी’ गाइरहेकी थिइन्– ‘रंग डारुंगी नन्द के लालन पे।’ राधाले कृष्णलाई सम्बोधन गर्दै रङ लगाइदिने आफ्नो चाह पोखिएका वाक्य थिए यी। ‘होरी’ गाइरहेकी गिरिजाको छेवैमा नृत्यकार पण्डित बिरजू महाराज थिए, जो राधाले भनेका कुराहरूलाई नृत्यमा प्रस्तुत गरिरहेका थिए।

गिरिजा देवी आफ्नो ठाउँबाट उठिन्, नृत्य गरिरहेका बिरजू नजिक गइन् र आफ्नो सल उनको शिरमा पहिराइदिइन्। हलमा ताली गुञ्जियो। गिरिजाले भनिन्, ‘मैले आजसम्म कुनै महिला नर्तकीले पनि राधालाई यति सुन्दर रूपमा प्रस्तुत गरेको देखेको थिइनँ।’

बिरजू संगीतका सात स्वर, ताल र लयलाई आफ्नो शरीरको हाउभाउबाटै प्रस्तुत गर्न सक्थे। शास्त्रीय संगीत र नृत्यमा उनको विशेष दखल थियो। विभिन्न पौराणिक र कथकजस्ता शास्त्रीय नृत्यमा महिला पात्रको भूमिकामा पुरुष कम मात्र देखिन्थे। तर, उनले यस्ता भूमिकामा नृत्य गरेर लैङ्गिक समानताको वकालत गरेका थिए। उनको नृत्यसँगै बज्ने घुंघरु दर्शकका लागि खास हुन्थ्यो।

तर, अब बिरजूका घुंघरु बज्ने छैनन्। उनका ती चालहरू देखिने छैनन्। सोमबार उनको निधन भएको छ। भारतमा शास्त्रीय संगीत र कथक नृत्यका अगुवा बिरजूको ८३ वर्षको उमेरमा निधन भएको हो। 

पण्डित बिरजूको बाल्यकालको नाम थियो, बृजमोहन। कथक नृत्यको प्रारम्भिक शिक्षा उनले आफ्ना बुबा अच्छन महाराजबाट लिएका थिए। उनका पाउहरूले कथकको संस्कारअनुसार चाल चल्न सुरु गर्दा उनी ६ वर्षका मात्र थिए। ७ वर्षको उमेरमा उनले गायनमा पहिलो प्रस्तुति दिएका थिए।

उनी आफ्ना बुबासँगै भारतको रामपुरको नवाब दरबारमा नाच्न जान्थे। उनलाई बिहानै उठाएर गाजल लगाइदिएर उनका बुबाले काँधमा राखेर नवाबको दरबार लैजान्थे। आफ्नो निद्रा बिथोलेकोमा बिरजू भने बुबा र आमासँग रिसाउँदै भन्थे– ‘यो नवाबको मृत्यु किन हुँदैन?’

बाल्यकालमा रिसले भरिएको एउटा बालक कालान्तरमा भने विश्वभर नै परिचित नृत्यकार बन्न पुग्यो। उनी ९ वर्षको हुँदा उनको बुबाको मृत्यु भएको थियो। तर, उनको बाटो मोडिएन। उनले संघर्ष गरिरहे।

बुबाको देहान्तपछि उनी आफ्ना काका शम्भु महाराज तथा लच्छु महाराजसँग कथक सिक्न थाले। कथकको भाव, छन्दको माधुर्यता उनले निकै चाँडै टिप्न थाले। त्यसैमा रमाउन थाले। उनले १६ वर्षको उमेरमा पहिलो कथक प्रस्तुति दिए। शब्द र संगीतको भावलाई उनले निकै राम्रोसँग आफनो चाल र हाउभाउबाट प्रस्तुत गरेर प्रशंसा बटुलेका थिए।

Ncell 2
Ncell 2

त्यति बेला भारतको लखनउमा महफिल भइरहेको थियो। शास्त्रीय संगीतका उस्ताद विस्मिल्लाह खान आफ्ना औंलाहरू सहनाईमा नचाइरहेका थिए। त्यति नै बेला मञ्चबाट घोषणा भयो– अब अच्छन महाराजका छोरा बिरजूले नृत्य गर्नेछन्।

यो घोषणा उनको पहिलो कार्यक्रमको थियो। बिरजूको नृत्य यस्तो थियो, उस्ताद विस्मिल्लाह खान सहनाई बजाउन छाडेर भावुक भए। उनी शम्भु महाराज (बिरजूका काका) नजिकै आएर भन्न थाले, ‘नाँच्न त तिमी पनि नाच्थ्यौ। तर, तिम्रो भतिज त कस्तो राम्रो नाँच्दो रहेछ।’ लगत्तै उस्ताद खानले बिरजूको शिरमा हात राख्दै आर्शिवाद दिए– नाँच्न नछाड्नू।

बाल्यकालबाट नै कथक नृत्यमा भिजेका बिरुजूले साधना गर्न छाडेनन्। करिब २८ वर्ष निरन्तर साधना गरेरहेपछी उनलाई भारतको प्रतिष्ठित ‘संगीत नाट्य अकादमी’ अवार्ड मिल्‍यो।

बिरजूले ६ दशकभन्दा लामो समय कथक र शास्त्रीय संगीत तथा नृत्य साधना गरे। शरीरले अभिव्यक्त गर्ने हाउभाउमा उनको गजबको नियन्त्रण थियो। उनको नृत्य केवल नृत्य मात्र नभएर एउटा अभिव्यक्ति थियो। फिल्ममा उनले गरेका कोरियोग्राफीदेखि उनी आफैंले दिएका प्रस्तुतिहरूमा आँखा र अनुहारको भावभंगीसँगै शरीरका अन्य अंग पनि बोल्थे। 

बिरजूले ६ दशकभन्दा लामो समय कथक र शास्त्रीय संगीत तथा नृत्य साधना गरे। शरीरले अभिव्यक्त गर्ने हाउभाउमा उनको गजबको नियन्त्रण थियो। उनको नृत्य केवल नृत्य मात्र नभएर एउटा अभिव्यक्ति थियो। 

बाल्यकालबाटै बिरजूले कथक नृत्यमा जुन स्थान हासिल गरे, त्यसले पछि गएर अनेक मञ्च र फिल्ममा स्थान पायो। उनी दिल्ली गएर ‘संगीत भारती विद्यालय’मा कथक नृत्यको प्रशिक्षक भए। उनीसँग नृत्य गर्दै ठुम्री (शास्त्रीय गायनको एउटा विधा) गाउन सक्ने खुबी थियो। उनको कथक नृत्य र गायनले पौराणिक मात्रै नभएर हाम्रै समाजको कथाहरू पनि भन्थे।

उनले प्रसिद्ध भारतीय फिल्म निर्देशक सत्यजीत रायको फिल्म ‘सतरञ्जकी खिलाडी’मा गरेको कोरियोग्राफी निकै चर्चित छ। फिल्ममा उच्च आर्थिक अवस्थाका दुई मानिस आफूले शासन गर्ने क्षेत्रको हेरचाह गर्नुको सट्टा चेस खेल्दै समय बिताउने कथालाई समेटिएको छ। यो फिल्म रायले गरेको सामाजिक व्यंग्यको कलात्मक नमूना हो। यसमा बिरजूले गरेको कोरियोग्राफी पनि कम कलात्मक छैन।

सरकार (नवाब)को अदालतमा भएको नृत्यको दृश्यलाई बिरजूले संयोजन गरेका थिए। यो नृत्यमा उनकै विद्यार्थी स्वाती सेनले नृत्य गरेकी छिन्। यो गीतको बोल थियो ‘कहाँ मेंन तोसे हरी।’ यसको संगीत संयोजन, गायन र कोरियोग्राफी सबै बिरजूले गरेका थिए। शास्त्रीय सुरमा रहेको यो गीतमा स्वाती सेनको नृत्यले शब्द र संगीतलाई उत्कृष्ट ढंगमा अभिव्यक्त गरेको छ। 

यो एउटा उदाहरण मात्र हो, यस्ता अरु धेरै गीत र नृत्यमा बिरजूको प्रभाव देख्न सकिन्छ। बिरजूले कोरियोग्राफी गरेका ‘दिल तो पागल हे’मा माधुरी दिक्षितको नृत्य, ‘गदार : एक प्रेम कथा’ को गीत ‘आओ मिलो सजना’मा अमिशा पटेलको नृत्य, ‘देवदास’ फिल्मका अधिकांश नृत्य बलिउडका दर्शकले सम्झिरहने छन्।

पछिल्लो पटक उनले ‘बाजिराव मस्तानी’ फिल्मको ‘माहे रंग दो लाल’ गीतको नृत्य संयोजन गरेका थिए। यो गीतमा अभिनेत्री दिपिका पादुकोणको नृत्य छ। सुस्त गतिको गीतमा दिपिकाको अनुहारको भाव निकै महत्वपूर्ण थियो, जुन बिरजूको नृत्य संयोजनकका कारण उत्कृष्ट भएको छ। यो फिल्मले उनलाई उत्कृष्ट कोरियोग्राफीको ‘फिल्मफेयर अवार्ड’ दिलाएको थियो।

बिरजूले भारत सरकारले दिने सुप्रसिद्ध ‘पद्य विभूषण’ पाएका थिए। उनले अरु धेरै अवार्ड र विभूषण पनि पाएका थिए। उनले सन् २०१२ मा ‘विश्वरुपम’ फिल्ममा गरेको कोरियोग्राफीका लागि भारतको राष्ट्रिय फिल्म पुरस्कार दिइएको थियो।

जीवनको उतरार्धमा आएर पनि विरजूमा उत्तिकै जोश थियो। आफ्नो ७५औं जन्मदिनमा उनले भारतको दिल्लीस्थित ‘एफआईसीसीआई अडिटोरियम’मा उस्ताद जाकिर हुुसैनको तबलामा प्रस्तुति दिएका थिए। पण्डित राजन र सजन मिश्राले ठुमरी गाएका थिए। उमेरले साढे सात दशक नाघेका बिरजूमा त्यस बेलासम्म पनि जोश जाँगर उस्तै थियो।

त्यसको करिब आठ वर्षपछि उनी संसारबाट बिदा भएका छन्। उनका खुट्टाको चालसँगै बज्ने घुंघरु अब कहिल्यै बज्ने छैनन्।

(एजेन्सीहरुकाे सहयोगमा)

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश सोमबार, पुस २८, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्