काठमाडौं– आज सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण (फुल कोर्ट) बैठक बस्ने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारका लागि बैठक बोलाएका हुन्। जबराले नै फुल कोर्ट बैठक बोलाए पनि उनी भने बैठकमा सहभागी हुने छैनन्।
कोरोना भाइरसको संक्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना संक्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भनी फुल कोर्ट बोलाइएको एक न्यायाधीशले जानकारी दिए।
बैठकमा सहभागी नभए पनि बैठकले गरेको निर्णय कार्यान्वयनका लागि प्रधानन्यायाधीश जबराले हस्ताक्षर भने गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।