• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ कायम

64x64
नेपाल लाइभ सोमबार, माघ ३, २०७८  १७:४०
1140x725

जनकपुर– प्रदेश २ को नाम ‘मधेश प्रदेश’ कायम भएको छ। सोमबार प्रदेश २ सभामा ‘मधेश प्रदेश’ नाम राख्ने प्रस्तावमा भएको मतदानमा दुई तिहाइ मत प्राप्त भएपछि सो नाम कायम भएको हो।

प्रदेश सभामा भएको मतदानमा ९९ मत परेको थियो। प्रस्तावको पक्षमा ८० मत परेको थियो।

प्रदेश २ मा आठ वटा जिल्ला छन्- सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा।

प्रदेशको नामाकरणका लागि विभिन्न ६ वटा प्रस्ताव दर्ता भएका थिए। जसमा ५ वटा नाम थिए- मधेश, जानकी, मिथिला भोजपुरा, मध्य मधेश प्रदेश र जनक प्रदेश।

तर, पुस १३ गतेको प्रदेश सभा बैठकले नाम र राजधानीको विषय टुंगो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको थियो। प्रदेश सभाको त्यस दिनको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो। समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव थिए। त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह थिए।

समितिको प्रस्ताव सहितको प्रतिवेदन आइतबार (माघ २ गते)को प्रदेश सभा बैठकमा पेस भएको थियो। समितिले गोप्य मतदानबाट टुंग्याउन भनेर विभिन्न चार वटा नामहरु प्रस्तावित गरेको थियो। जसअनुसार, मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रस्तावित गर्ने तय भएको थियो।

समितिको छलफलबाट अगल–अगल प्रस्तावलाई साझा प्रस्ताव बनाई साझा प्रस्तावक र समर्थक तय गरेको थियो। जसअनुसार, ‘मधेश’को प्रस्तावकमा शैलेन्द्रकुमार यादव र भरतप्रसाद साह थिए। सो प्रस्तावको समर्थकमा बबिता कुमारी, रानी कुमारी तिवारी, सावित्री देवी साह, जगतप्रसाद यादव र दिलिपकुमार साह थिए। सोमबार यादवले प्रदेश सभामा आफूहरुको प्रस्ताव पेश गरेका थिए।

दोस्रो प्रस्तावका रुपमा जानकी थियो। जसको प्रस्तावक प्रमोदकुमार यादव र समर्थकहरु बेची लुङ्गेली, डिलीप्रसाद उप्रेती र नागेन्द्र राय यादव थिए। त्यस्तै, मिथिला भोजपुरा तेस्रो प्रस्तावित नाम थियो। जसको प्रस्तावक शिवचन्द्र चौधरी र समर्थकहरु नागेन्द्र प्रसाद सिन्हा, प्रमिलादेवी दास र मन्जु कुमारी थिए। चौथो प्रस्ताव मध्य मधेश प्रदेश थियो। जसको प्रस्तावक राजेश्वर प्रसाद साह र समर्थकहरु शंकर प्रसाद चौधरी, ओमप्रकाश शर्मा र अशिया देवी थरुनी थिए।

Ncell 2
Ncell 2

दलीय समर्थनको आधारमा हेर्दा जसपा, लोसपा र माओवादी केन्द्र ‘मधेश’, एमाले र नेकपा एकीकृत समाजवादी ‘जानकी’ र कांग्रेस ‘मिथिला भोजपुरा’को पक्षका थिए। बारा र पर्सा क्षेत्रका कतिपय सांसदहरु ‘मध्य मधेश’को पक्षमा उभिएका थिए। समितिले पहिलो प्रस्तावको रुपमा ‘मधेश’ माथि मतदान गराउने र त्यसमा दुई तिहाइ दोस्रो प्रस्ताव, त्यसमा पनि दुई तिहाइ नआएमा तेस्रो प्रस्ताव र तेस्रो प्रस्तावमा पनि दुई तिहाइ मत नआएका चौथो प्रस्तावमा मतदान गराउन सिफारिस गरेको थियो।

यसअघि २०७६ चैत ४ गते पनि प्रदेशको नामको लागि प्रदेश सभामा निर्वाचन भएको थियो। त्यतिबेलाका कुनै प्रस्तावले पनि दुई तिहाइ मत पाउन सकेका थिएनन्।

त्यतिबेला १०७ सदस्यीय प्रदेश सभामा दुई तिहाइको लागि ७२ मत आवश्यक पर्थ्यो। तत्कालीन नेकपाले प्रस्ताव गरेको ‘जानकी’को पक्षमा ३७ र विपक्षमा ७० मत परेको थियो। कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’को पक्षमा २८ र विपक्षमा ७९ मत परेको थियो। त्यतिबेला पनि कांग्रेस सांसद् राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए। सो प्रस्तावको पक्षमा ४२ र ६५ मत परेको थियो।

त्यतिबेला सत्ता पक्ष रहेको समाजवादी पार्टी र राजपा नेपाल (पछि यी दुई पार्टीबीच एकता भएर जसपा बनेको थियो। गत भदौमा विभाजित भएर जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भएका छन्) को प्रस्ताव रहेको ‘मधेश’ नाम पनि अस्वीकृत भएको थियो। त्यतिबेला सो नामको पक्षमा ६० र विपक्षमा ४६ मत परेको थियो। एक मत बदर भएको थियो। सबैजसो प्रस्तावमा ‘क्रस भोटिङ’ भएको थियो। तर दुई तिहाइ भने कुनै प्रस्तावले पाउन सकेका थिएनन्।

 

 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू)
सम्बन्धित सामग्री
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी कमल गाउँपालिकाका कार्यकर्तासँगको भेटमा ओलीले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एकढिक्का रहेको ब... बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो कुल ८२ कम्पनीको सेयर मूल्य बढ्यो, १७४ कम्पनीको मूल्य घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १३ उपसमूहमध्ये अन्य उपसमूह मात्रै... बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्। बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य बिहीबार, माघ ८, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै बिहीबार, माघ ८, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्