• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ कायम

64x64
नेपाल लाइभ सोमबार, माघ ३, २०७८  १७:४०
1140x725

जनकपुर– प्रदेश २ को नाम ‘मधेश प्रदेश’ कायम भएको छ। सोमबार प्रदेश २ सभामा ‘मधेश प्रदेश’ नाम राख्ने प्रस्तावमा भएको मतदानमा दुई तिहाइ मत प्राप्त भएपछि सो नाम कायम भएको हो।

प्रदेश सभामा भएको मतदानमा ९९ मत परेको थियो। प्रस्तावको पक्षमा ८० मत परेको थियो।

प्रदेश २ मा आठ वटा जिल्ला छन्- सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा।

प्रदेशको नामाकरणका लागि विभिन्न ६ वटा प्रस्ताव दर्ता भएका थिए। जसमा ५ वटा नाम थिए- मधेश, जानकी, मिथिला भोजपुरा, मध्य मधेश प्रदेश र जनक प्रदेश।

तर, पुस १३ गतेको प्रदेश सभा बैठकले नाम र राजधानीको विषय टुंगो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको थियो। प्रदेश सभाको त्यस दिनको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो। समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव थिए। त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह थिए।

समितिको प्रस्ताव सहितको प्रतिवेदन आइतबार (माघ २ गते)को प्रदेश सभा बैठकमा पेस भएको थियो। समितिले गोप्य मतदानबाट टुंग्याउन भनेर विभिन्न चार वटा नामहरु प्रस्तावित गरेको थियो। जसअनुसार, मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रस्तावित गर्ने तय भएको थियो।

समितिको छलफलबाट अगल–अगल प्रस्तावलाई साझा प्रस्ताव बनाई साझा प्रस्तावक र समर्थक तय गरेको थियो। जसअनुसार, ‘मधेश’को प्रस्तावकमा शैलेन्द्रकुमार यादव र भरतप्रसाद साह थिए। सो प्रस्तावको समर्थकमा बबिता कुमारी, रानी कुमारी तिवारी, सावित्री देवी साह, जगतप्रसाद यादव र दिलिपकुमार साह थिए। सोमबार यादवले प्रदेश सभामा आफूहरुको प्रस्ताव पेश गरेका थिए।

दोस्रो प्रस्तावका रुपमा जानकी थियो। जसको प्रस्तावक प्रमोदकुमार यादव र समर्थकहरु बेची लुङ्गेली, डिलीप्रसाद उप्रेती र नागेन्द्र राय यादव थिए। त्यस्तै, मिथिला भोजपुरा तेस्रो प्रस्तावित नाम थियो। जसको प्रस्तावक शिवचन्द्र चौधरी र समर्थकहरु नागेन्द्र प्रसाद सिन्हा, प्रमिलादेवी दास र मन्जु कुमारी थिए। चौथो प्रस्ताव मध्य मधेश प्रदेश थियो। जसको प्रस्तावक राजेश्वर प्रसाद साह र समर्थकहरु शंकर प्रसाद चौधरी, ओमप्रकाश शर्मा र अशिया देवी थरुनी थिए।

Ncell 2
Ncell 2

दलीय समर्थनको आधारमा हेर्दा जसपा, लोसपा र माओवादी केन्द्र ‘मधेश’, एमाले र नेकपा एकीकृत समाजवादी ‘जानकी’ र कांग्रेस ‘मिथिला भोजपुरा’को पक्षका थिए। बारा र पर्सा क्षेत्रका कतिपय सांसदहरु ‘मध्य मधेश’को पक्षमा उभिएका थिए। समितिले पहिलो प्रस्तावको रुपमा ‘मधेश’ माथि मतदान गराउने र त्यसमा दुई तिहाइ दोस्रो प्रस्ताव, त्यसमा पनि दुई तिहाइ नआएमा तेस्रो प्रस्ताव र तेस्रो प्रस्तावमा पनि दुई तिहाइ मत नआएका चौथो प्रस्तावमा मतदान गराउन सिफारिस गरेको थियो।

यसअघि २०७६ चैत ४ गते पनि प्रदेशको नामको लागि प्रदेश सभामा निर्वाचन भएको थियो। त्यतिबेलाका कुनै प्रस्तावले पनि दुई तिहाइ मत पाउन सकेका थिएनन्।

त्यतिबेला १०७ सदस्यीय प्रदेश सभामा दुई तिहाइको लागि ७२ मत आवश्यक पर्थ्यो। तत्कालीन नेकपाले प्रस्ताव गरेको ‘जानकी’को पक्षमा ३७ र विपक्षमा ७० मत परेको थियो। कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’को पक्षमा २८ र विपक्षमा ७९ मत परेको थियो। त्यतिबेला पनि कांग्रेस सांसद् राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए। सो प्रस्तावको पक्षमा ४२ र ६५ मत परेको थियो।

त्यतिबेला सत्ता पक्ष रहेको समाजवादी पार्टी र राजपा नेपाल (पछि यी दुई पार्टीबीच एकता भएर जसपा बनेको थियो। गत भदौमा विभाजित भएर जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भएका छन्) को प्रस्ताव रहेको ‘मधेश’ नाम पनि अस्वीकृत भएको थियो। त्यतिबेला सो नामको पक्षमा ६० र विपक्षमा ४६ मत परेको थियो। एक मत बदर भएको थियो। सबैजसो प्रस्तावमा ‘क्रस भोटिङ’ भएको थियो। तर दुई तिहाइ भने कुनै प्रस्तावले पाउन सकेका थिएनन्।

 

 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलद्वारा दक्षिण लेबनानका गाउँ खाली गर्न आदेश
सुनको मूल्य तोलामा ३ लाख २८ हजार नाघ्यो
विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तानी खेलाडीलाई जरिवाना
सम्बन्धित सामग्री
गोरखा–२ मा काँग्रेस र बाबुराम भट्टराईको पार्टीको संयुक्त घरदैलो अभियान प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वमा रहेको टोलीले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग मिलेर सोमबार बिहानैदेखि पाल... सोमबार, फागुन १८, २०८२
बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन् । सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितक... सोमबार, फागुन १८, २०८२
निर्वाचन प्रचार-प्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको गृहमन्त्री अर्यालको दाबी प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध... सोमबार, फागुन १८, २०८२
ताजा समाचारसबै
इजरायलद्वारा दक्षिण लेबनानका गाउँ खाली गर्न आदेश मंगलबार, फागुन १९, २०८२
सुनको मूल्य तोलामा ३ लाख २८ हजार नाघ्यो मंगलबार, फागुन १९, २०८२
विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तानी खेलाडीलाई जरिवाना मंगलबार, फागुन १९, २०८२
अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई भन्यो– सक्दो चाँडो बाहिरिनू मंगलबार, फागुन १९, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना सोमबार, फागुन १८, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
गोरखा–२ मा काँग्रेस र बाबुराम भट्टराईको पार्टीको संयुक्त घरदैलो अभियान सोमबार, फागुन १८, २०८२
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्