काठमाडौं- नेकपा एमालेले २५ जना भन्दा धेरै सहभागी रहने सार्वजनिक कार्यक्रमहरुलाई स्थगित गर्ने निर्णय गरेको छ।
सोमबार नेकपा एमालेका कार्यालय सचिव भीष्मनाथ अधिकारीले विज्ञप्तिमार्फत निर्देशन जारी गर्दै सरकारद्वारा जारी स्वास्थ्य मापदण्डलाई ध्यानमा राखि सबै प्रदेश, जिल्ला तथा मतहतका कार्यालयहरु सञ्चालन भनिएको छ।
केन्द्रीय कार्यालयले कोभिड-१९ संक्रमणलाई मध्यनजर गरेर २५ जना भन्दा धेरैजना भेला नहुन सर्कुलर जारी गरेको छ।
केन्द्रीय कार्यालयले ४ बुँदे निर्देशन जारी गरेको छ। 
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।