• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

सुन्दरबजारको कथा : यसरी नै भइरहेछ जातीय विभेद र अन्याय

64x64
युवराज भट्टराई मंगलबार, माघ ४, २०७८  ०९:०१
1140x725

काठमाडौं– सुन्दरबजारको सुन्दरता झकिझकाउ छ। बजारछेउमै बस्छिन् पवित्रा। बिहान उनी उठेपछि मात्र सुन्दरबजार ब्युँझन्छ। सुन्दरबजार सधैँ एउटा नियमित प्रक्रियाबाट जाग्छ।

पवित्रा बिहानै उठेर बजारको चौतारीमा स्थापित ‘ईश्वर’लाई पूजा गर्छिन्। घण्टी बजाउँछिन्। आगो बाल्छिन्। उनले बजाएको घण्टीको ध्वनीसँगै बल्ल ब्युझन्छ सुन्दरबजार। लाटो (यही नाम दिइएको) बिउँझन्छ, भुनियाँ ब्युँझिन्छिन्। मास्टर, अग्रवाल, विषनाथ सबै ब्युँझिन्छन्। सुन्दरबजार मात्र नभएर त्यस वरपरका मानिस पनि त्यही घन्टीको आवाजसँगै काममा फर्किन्छन्।

बस्ती ब्युँझिनुअघि पार्श्वबाट एउटा फरक कथा सुनिन्छ। डोमहरुले आफ्नो जमिन पाउन गरेको संघर्षको कथा। उनीहरुको रगतले रंगिएको जमिनमाथि चम्किरहेको सुन्दरबजारको कथा।

सिनामंगलस्थित ‘पुरानो घर’ नाटकघरमा अहिले सुन्दरबजारको कथा हेर्न सकिन्छ। श्याम शाहको कथासंग्रह ‘अब्बा’मा संग्रहित ‘लाटीको छोरो’ कथालाई रंगकर्मी सुलक्षण भारतीले नाट्य रुपान्तरण तथा निर्देशन गरेका छन्। पुरानो घर थिएटरको नाट्य कक्षाका विद्यार्थीले यसमा अभिनय गरेका छन्।

‘लाटीको छोरो’ नाटकले हाम्रो समाजको कथा भन्छ। शक्तिको निकट रहेकोहरूले भुईंमान्छेको जीवनमाथि गर्ने राजनीतिको कथा भन्छ। जातीय विभेद र अन्यायको कथा भन्छ। थोरै प्रेम र धेरै शोषणको कथा भन्छ।

सुन्दरबजारको दैनिकीसँग जोडिने पवित्रा, लाटो, विषनाथ, हवल्दार, सई, भुनियालगायत छन्। श्रीमानको मृत्युपछि आफ्नो परिवारबाट तिरस्कार गरिएकी पवित्रा बजार छेवैमा झुपडी बनाएर बसेकी छिन्। उनलाई गाउँलेहरू ‘बोक्सी’, ‘पागल’लगायत संज्ञा दिएको छ। 

हरेक दिन बिहानै लाटो बजार आउँछ। चौतारामा राखिएको कुर्सीमा बस्छ र सारा गाउँ ब्युँझिने समय कुर्छ।

भुनियाँ लाटोलाई पछ्याउँदै सुन्दरबजार आउँछिन्। चिया, चुरोट, बिस्कुट लगायतको व्यापार छ उनको। उनी व्यापारका लागि बिहानै बजारको चौतारामा भेला हुने मान्छे पर्खिन्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

बजारको दैनिकी बिथोलिएको छ। बस्ती खोला किनारमा सार्न गाउँका धनीमानी र शक्ति निकटहरूले दिएको जग्गा सरकारी ठहरिएसँगै डोमहरू आक्रोशित छन्। तर, डोमहरूको अगुवाको मृत्यु भएको छ। दुर्घटनामा भएको मृत्युलाई धेरैले हत्याको अनुमान गर्छन्।

यसबीच डोम बस्तीकै एक युवक गाउँका मुखिया विषनाथ, मास्टर, व्यापारी अग्रवाललगायतसँग त्यही चौतारामा भेटिन्छन्। ऊ आफ्नो हकको जग्गा दिनुपर्ने माग गर्छ। सबै कुराबाट ज्ञात भए पनि प्रतिक्रियाविहीन रहेको लाटो चौतारमा भेला भएकाहरूलाई मालिस गरिरहन्छ। 

नाटकमा फरक प्रसंग तब आउँछ, जब व्यापारी अग्रवालको छोरा पुनितले शहरमा भौतारिरहेकी लाटीलाई आश्रय दिन्छ। उसलाई जिस्काइरहेका केटाहरूबाट छुटाएर ल्याएर पुनितले लाटीलाई पवित्राको जिम्मामा छाड्छ। पवित्रा लाटीको जिम्मा लिन्छिन्, तर उनलाई केही भएमा त्यसको जवाफदेही पुनित नै हुनुपर्ने वाचा गराउँछिन्।

बजारको दैनिकी चलिरहन्छ। प्रहरी चौकीमा नयाँ सई आउँछन्। हवल्दार र सईका उछि«ङ्खल कुराकानीले दर्शकलाई हसाउँछ।

पुनितले प्रेम गर्ने लाटी गर्भवती भएको हल्ला गाउँमा फैलिन्छ। लाटीको गर्भमाथि राजनीति हुन थाल्छ। लाटीलाई आफ्नै दाइले बलात्कार गरेको आरोप लगाइन्छ। अनि दाईकै जिम्मा लगाएर डोम बस्ती पठाइन्छ। पवित्राले त्यसविरुद्ध आवाज उठाउँछिन्। उनी पनि डोम बस्ती पठाइन्छिन्।

‘लाटीको छोरा’ नाटकले समाजमा शक्तिशालीहरूले गर्ने राजनीतिको चपेटामा कसरी शक्तिहीनहरू अन्यायमा पर्छन् भन्ने कथा प्रस्तुत गरेको छ। नाटकमा लाटी, डोम, पवित्रा र लाटो पात्र शक्तिविहीन छन्। लाटोसँग आवाज छ, तर ऊ नाटकको दृश्यमा भएको रुखजस्तै चुपचाप शान्त र मौन हुन्छ।

समाजमा धेरै थरिका मानिस हुन्छन्। मानिसहरूलाई वर्ग, वर्ण, जातजस्ता विविध आयामहरुले छुट्याउँछ। शक्तिमा पहुँचमा भएका र नभएकाहरूबीच ठूलो असमानता छ। यही असमानता, विभेद र शोषणको कथा भन्छ ‘लाटीको छोरो’ नाटकले।

शक्तिविहीनहरूको मौनतालाई नाटकमा लाटोको मौनताले प्रस्तुत गरेको छ। लाटो आफूहरु बोलेर केही नहुने थाहा पाएर चुपचाप बसेको हुन्छ। रातको समयमा सबै अन्याय देखेको उसले एक्लै विरहको गीत गाउँछ। तर, शक्ति भएकाहरूको सामुन्ने ऊ मौन हुन्छ।

जो बोल्न खोज्छन् उनीहरुलाई सत्ताले चुप लगाएजस्तै नाटकमा पनि गाउँका मुखिया, व्यापारी, मास्टरलगायतले चुप लगाएका छन्। डोमहरुको मुखियाको मृत्युपछि अर्को डोम जब गाउँका ठूलाबडाअघि आफ्नो हक र अधिकारका लागि आवाज उठाउँछ, उसको आवाज पनि बन्द गर्न खोजिन्छ। उसलाई लोभ मात्र देखाइँदैन, धम्की पनि दिइन्छ। 

यी दृश्य र संवादहरूले देशको सत्तामा बसेकाले दिने गरेको आश्वासन र गर्ने गरेको व्यवहारलाई देखाउँछ। 

अर्कातिर, नाटकमा लाटीसँग भएको व्यवहारले समाजको कुरुप चित्र देखाएको छ। बोल्न नसक्ने उसलाई गाउँका मास्टर, पण्डित, सई (प्रहरी), व्यापारी अग्रवालले बलात्कार गरेका हुन्छन्। उनीहरुमध्येकै कसैको बच्चा लाटीको पेटमा हुर्किरहेको हुन्छ। मुखियाका सामुन्ने उनीहरुले आफूले गरेको सबै कुराको बेलिविस्तार लगाउँछन्। तर, अन्यायमा परेकी लाटीको पक्षमा न्याय हुँदैन। 

लाटीको गर्भलाई मुखियाबाट राजनीतिमा प्रवेश गर्न खोजिरहेको विषनाथले राजनीति गर्ने माध्यमको रुपमा हेर्छन्। बलात्कार गर्नेहरुबाट आर्थिक सहायता भन्दै पैसा उठाउँछ। लाटीको गर्भको बच्चा उसकै दाइको भएको फैसला गर्छ। पुनितलाई पनि गाउँ निकाला गरिदिन्छन्। 

नाटकको अन्त्यमा विषनाथ गृहमन्त्री बनेर गाउँ फर्किएको हुन्छ। ऊ सुन्दरबजारको चौतारामा खेलिरहेको एक बालकलाई उनी अंगालेर सोध्छन्– कसको छोरा?

बालक जवाफ दिन्छ– लाटीको छोरा। 

भारतीको निर्देशनमा बनेको नाटकमा प्रकाशदेखि मञ्चको संयोजनसम्मका सबै पक्ष अब्बल छन्। पुरानो घर थिएटरमा मञ्चन भएको पहिलो नाटक ‘म’मा भारतीले आफैंले अभिनय गर्दा ‘मोनोलग’ शैलीमा मानिसको पहिचानको विषयमा प्रश्न गरेका थिए। दोस्रो नाटक ‘लाटीको छोरा’मा उनले समाजमाथि प्रश्न गरेका छन्। पवित्रा, लाटी, लाटो, डोम र पुनित परिवर्तनका लागि विद्रोह चाहनेहरु हुन्। तर, यो विद्रोह सजिलो छैन। उनीहरुमाथि शक्तिमा हुनेहरुले राजनीति गरेका छन्। 

नाटकमा प्रयोग भएको संगीत मञ्चकै एक कुनामा बसेर किसन श्रेष्ठ र सम्यक महर्जनको समूहले बताउँछन्। संगीतको प्रयोगले दर्शकलाई नाटकसँग प्रत्यक्ष रुपमा जोडिन मद्दत गर्छ। 

नाटकमा लाटीको भूमिकामा सरिता भुजल र लाटोको भूमिकामा गोविन्द सुनारको अभिनय निकै परिस्कृत छ। नाटकभर आफू सामुन्नेका कुराहरु वेवास्ता गरेर मौन बस्ने लाटोको भूमिकामा अभिनय गरेका गोविन्द प्रशंसाका हकदार छन्। अन्यायमा परेको समुदायको आवाज बन्न खोजेको डोमको भूमिकामा देखिएका प्रकाश थापाको अभिनय पनि अब्बल छ। पञ्चायतले आफ्नै बहिनीको बलात्कार गरेको झुटा आरोप र त्यसपछि सँगै विवाह गर्ने फैसला गरिदिँदाको बखत प्रकाशले गरेको अभिनय निकै बलियो छ। सँगै अन्य कलाकारहरु, टीका निरौला (पवित्रा), सन्देश कार्की (हवल्दार), शिशिर गिरी (मास्टर साहेब), जयराम (अग्रवाल साहब), निशा दाहाल (भुनिया), प्रकाश थापा (डोम)लगायतको अभिनय पनि सुन्दर छ।

गत शुक्रबारदेखि सुरु भएको यो नाटकको प्रदर्शन माघ ९ गतेसम्म चल्नेछ। नाटक सिनामंगलस्थित पुरानो घर थिएटरमा हरेक दिन साँझ ४ः४५ बजे मञ्चन हुन्छ। शनिबार भने दिउँसो १ बजे पनि मञ्चन गरिने पुरानो घर थिएटरले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्