काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले राजनीति नसुध्रेसम्म देशको अवस्थामा सुधार आउन नसक्ने बताएका छन्। राजनीति सुध्रिन पार्टीहरूमा सुधार आवश्यक भएको बताउँदै उनले कांग्रेस पार्टीको सुदृढीकरणसँगै शुद्धीकरण र सुधार आवश्यक भएको बताएका छन्।
कांग्रेस मकवानपुरले आइतबार कार्यालयमा आयोजना गरेको छलफलमा उनले आवधिक रूपमा हुने लोकतान्त्रिक अभ्यासले मात्र लोकतन्त्र बलियो हुनेमा जोड दिए।
पार्टीलाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न चार व अर्थात् विधान, विचार, बैठक र आर्थिक व्यवस्थापनमा आफूले जोड दिँदै आएको उनको भनाइ थियो।
‘कांग्रेसको पछिल्लो अवस्था हेर्दा यस पटक पनि विधान मिच्ने हो कि भन्ने अवस्था आएको छ,’ उनले भने, ‘कार्यसम्पादन समिति गठन नभएको अवस्था छ। निर्वाचन भएको एक महिनाभित्रमा बनिसक्नुपर्ने व्यवस्था छ। एक पटक विधान मिचेपछि दोहोरिने सम्भावना हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।