काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।
सरकारका एक मन्त्रीका अनुसार देउवाले कोरोना र सरकारको ६ महिने कार्यकालका सन्दर्भमा सम्बोधन गर्न लागेका हुन्।
यद्यपि, दिन र समय भने यकिन हुन बाँकी रहेको ती मन्त्रीले नेपाल लाइभलाई जानकारी दिए।
‘प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ। कोरोना र सरकारको ६ महिने कार्यकालका सन्दर्भमा सम्बोधन गर्न लाग्नु भएको हो,’ ती मन्त्रीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।