फाइल तस्बिर
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन्।
साढे ११ बजे मन्त्री आले निरीक्षणका लागि पुगेका हुन्। उनले त्यहाँ पुगेर धर्मशालामा निर्माण गरिएका कोठा र आवासीय व्यवस्थापन लगायतका विषयमा कर्मचारीहरुसँग जानकारी लिएका छन्। अहिले पनि उनले होटलको निरीक्षण गरिरहेका छन्।
बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला भाडामा लिएर होटल चलाएको छ।
पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा)मा धर्मशाला बनाइएको छ। भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।