काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम र उपचार प्रभावकारी बनाउने विषयमा आज सरकारको ध्यानाकर्षण गराउने भएको छ।
कोरोना नियन्त्रणका सन्दर्भमा ध्यानाकर्षण गराउन एमालेले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने भएको छ।
एमाले सचिव योगेश भट्टराईका अनुसार पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरेर ध्यानाकर्षण पत्र बुझाउन लागेको हो।
शनिबार बिहान १० बजे प्रतिनिधिमण्डल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने सचिव भट्टराईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।