प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, फाइल तस्बिर
काठमाडौं– सरकारले चार दिनपछि अवकाश पाउन लागेका एक सहसचिवलाई सचिवमा पदोन्नती गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शंकर खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
लोकसेवा आयोगमा कार्यरत खरेल आउँदो माघ ४ गते सेवानिवृत्त हुँदैछन्। अवकाश पाउनुअघि एक तह पदोन्नती गर्ने नियमअनुसार खरेललाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।