• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

बलिउडमा नेपाली कलाकार : कमजोर डोरीमा अल्झिरहेको पुरानो सपना

64x64
युवराज भट्टराई आइतबार, माघ २, २०७८  ०७:०२
1140x725

काठमाडौं– यही साता नेपाली सिनेक्षेत्रका दर्शकको लागि एउटा खुसीको खबर आयो– अभिनेता विपिन कार्की बलिउडमा प्रवेश गर्ने। विपिनलाई बलिउडका स्टार कलाकार रणवीर र अनिल कपुरसँग ‘एनिमल’ नामक फिल्ममा स्क्रिन सेयर गर्ने मौका मिलेको छ। 

सन्दीप रेड्डीले निर्देशन गर्ने फिल्ममा अभिनयका लागि निर्माण पक्षले नै विपिनलाई प्रस्ताव गरेका हुन्। विपिनले अभिनय गरेको पछिल्लो नेपाली फिल्म ‘सेल्फी किङ’ प्रदर्शनमा आइसकेको छ। यसको निर्देशन विशाल सापकोटाले गरेका छन्। यही फिल्मको अभिनयबाट प्रभावित भएर उनलाई बलिउडबाट प्रस्ताव आएको हो। 

नेपाली फिल्ममा विपिनको अभिनय दर्शकले रुचाएका छन्। बलिउडमा भने कस्तो प्रवेश पाउँछन्, त्यो फिल्म प्रदर्शनपछि थाहा हुनेछ। तर, उनको अभिनय मन पराएर बलिउडका निर्देशकले फिल्म खेल्न प्रस्ताव गर्नु नेपाली कलाकारको ठूलो सफलता हो।

विपिन मात्रै त्यस्ता कलाकार होइनन्, जसले पहिलो पटक बलिउडमा अभिनय गर्दैछन्। उनी त्यस्ता सीमित कलाकार हुन्, जसलाई बलिउडबाटै कामको प्रस्ताव आएको छ। यसअघि, भारत पुगेरै संघर्ष गरेपछि नेपाली कलाकारले बलिउडमा मौका पाउने गरेका थिए। नेपालमा रामै प्रशंसा कमाएका त्यस्ता कलाकारले बलिउडमा भने कमै मात्र सफलता पाएका छन्।

बलिउडमा नेपालको साइनो हेर्ने हो अभिनेत्री मनिषा कोइराला र गायक उदित नारायण झाले सबैभन्दा धेरै सफलता पाएका छन्। मनिषाले भारतीय फिल्ममार्फत नै चर्चा कमाएकी हुन्। उनको पहिलो फिल्म भने नेपाली थियो। उनले ‘डेब्यु’ अभिनय गरेको फिल्म ‘फेरि भेटौँला’ २०४७ सालमा प्रदर्शनमा आएको  थियो। त्यसपछि उनी बलिउड लागेकी थिइन्। उनको बलिउडको डेब्यु फिल्म भने ‘सौदागर’ हो। सुभाष घईको निर्देशनमा बनेको यो फिल्म सन् १९९१ मा प्रदर्शनमा आएको थियो।

उदित नारायण पनि मैथली र नेपाली गीत गाएपछि मुम्बई पुगेका थिए। उनले २०२७ सालतिरै रेडियो नेपालमा मैथली गीत गाएका थिए। त्यसपछि नेपाली लोकगीतहरूमा आवाज दिएका उनले सन् १९८० मा बलिउडमा पार्श्व गायकका रूपमा डेब्यु गरे। उनले सुरुमै ‘उन्नीस बीस’ फिल्ममा दिग्गज गायक मोहम्मद रफीसँग काम गर्ने मौका पाएका थिए। तर, त्यसको आठ वर्षपछि ‘कयामत से कयामत तक’ फिल्मको ‘पापा कहते है बडा नाम गरेगा’ गीतबाट उनी चिनिए। यही गीतले उनलाई पहिलो ‘फिल्म फेयर अवार्ड’ दिलाएको थियो।

यसैगरी गायक मुरलीधरले पनि मुम्बईमा संघर्ष गरेका थिए। उनले गाएको ‘उडायो सपना सबै हुरीले’ गीत अहिले पनि नेपाली स्रोताले सम्झन्छन्। शास्त्रीय संगीत सिक्न भारत गएका उनी बलिउडमै संघर्ष गरेर बसेका थिए। उनले टेलिश्रृङ्खला ‘महाभारत’मा पनि अभिनयको अवसर पाएका थिए।

तर, नेपाली सिनेक्षेत्र तथा कलाकारिताबाट बलिउडमा प्रवेश गरेका अधिकांश भने छोटो सफलतामै सिमित वा असफल भएका छन्। नेपाली फिल्ममा राम्रो स्थान बनाएर बलिउडमा भने लामो संघर्षपछि पनि असफल देखिएकी अभिनेत्री हुन् उषा पौडेल। जनपुरमा जन्मिएकी उनले थुप्रै नेपाली फिल्ममा अभिनय गरिन्। ‘कर्म’ फिल्ममार्फत अभिनयको सुरुवात गरेकी उनले सन् १९९९ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित पुस्तक ‘मुनामदन’माथि आधारित रहेर बनेको फिल्म ‘मुनामदन’मा देखिइन्। यीबाहेक ‘गोधुली’, ‘जेठो कान्छो’, ‘बाज’, ‘राम लक्ष्मण’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेकी छिन्। म्युजिक भिडियोसँगै टेलिभिजनमा पनि परिचित उनले बलिउडमा भने सफलता पाउन सकेकी छैनन्। 

Ncell 2
Ncell 2

पौडेलको बलिउड यात्रा अधिकांश समय टेलिभिजन सिरियलमा खुम्चिएको छ। हिन्दी सिनेमामा स्थान नपाएपछि उनले टेलिभिजन श्रृङ्खलाहरुमा अभिनय थालेकी थिइन्। लामो समयसम्म ‘तुजसँग प्रित लगाइ सजना’, ‘जय जय जय बजरंग बली’जस्ता हिन्दी श्रृङ्खलामा देखिएकी उनले हिन्दी फिल्ममा विरलै स्थान पाइन्। उनी केही समययता भने सेतो पर्दाभन्दा टाढै छिन्। 

अँजुली, भाइ टीका, कोही मेरोजस्ता नेपाली फिल्ममा अभिनय गरेकी झरना बज्राचार्य पनि हिन्दी फिल्म खेल्न मुम्बई पुगेकी थिइन्। १९९७  कि मिस नेपाल  बज्राचार्यले  बलिउडका पार्श्व गायक सोनु निगम मुख्य भूमिका रहेको फिल्म ‘लभ इन नेपाल’मा झरनाले काम गर्ने मौका पाएकी थिइन्। तर, फिल्ममा उनको उपस्थिति फितलो रह्यो।

नेपालसँग प्रसंग जोडिएको यो ‘रोमान्टिक थ्रिलर’ फिल्मलाई रजत मुखर्जीले निर्देशन गरेका थिए। फिल्ममा नेपालसँगको प्रसंग भएकै कारण झरनाले अभिनयको मौका पाएकी थिइन्। यो फिल्म उनको हालसम्म पहिलो र अन्तिम हिन्दी फिल्म बनेको छ।

नेपालमा बलिउडको लागि सम्मान र दर्शक भएका कारण कतिपय नेपाली निर्माता र निर्देशकले राम्रै पैसा खर्च गरेर बलिउडका कलाकारलाई आफ्नो फिल्ममा ल्याएका छन्। अर्कातिर, नेपाली कलाकारले बलिउडमा काम पाउन कि संयोग हुनुपर्छ, कि लामो संघर्ष। नेपालमा नाम र दाम दुवै कमाएका अभिनेता निखिल उप्रेती यस्ता कलाकार हुन्, जो बलिउडमा अभियन गर्न मुम्बई पुगे पनि काम नगरी फर्किनु परेको थियो। उनी करिब १० वर्ष मुम्बई बसेर फर्किए। लामो समय भारतमा नै हुँदा उनले नेपाली फिल्ममा पनि पहिलाको स्थान गुमाइसकेका छन्। उनी अहिले आध्यात्मिक क्षेत्रमा लागेका छन्। 

बलिउडमा प्रवेश गरेर सफल भएका थोरै कलाकारमा पर्छन् सुनिल थापा। लामो समयसम्म खलनायकको भूमिका निभाएका सुनिलले नेपाली फिल्ममा सम्मान र दाम दुवै पाएका छन्। नेपालमा लोकप्रिय रहेका उनले बलिउडमा पनि प्रसंशा कमाएका छन्।

सुनिलले बलिउडबाटै फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। उनले सन् १९८१ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘एक धुजेके लिए’बाट अभिनय थालेका थिए। त्यसपछि उनले धेरै हिन्दी फिल्ममा अभिनय गरे। तर, उनलाई सफलता दिलाउने फिल्म भने सन् २०१४ मा प्रदर्शनमा आएको ‘मेरी कोम’ नै हो। फिल्ममा उनी मेरी कोम (प्रियंका चोपडा अभिनित)को प्रशिक्षकको भूमिकामा छन्। सुनिलका चर्चित नेपाली फिल्ममा ‘चिनो’, ‘देउकी’, ‘आगो’ लगायत र हिन्दीमा ‘मानव हत्या’, ‘नसिबवाला’, ‘अल्बेला’, ‘बन्धु’ लगायत छन्। 

 

बलिउडमा प्रवेश गरेर सफल भएका थोरै कलाकारमा पर्छन् सुनिल थापा। लामो समयसम्म खलनायकको भूमिका निभाएका सुनिलले नेपाली फिल्ममा सम्मान र दाम दुवै पाएका छन्। नेपालमा लोकप्रिय रहेका उनले बलिउडमा पनि प्रसंशा कमाएका छन्।

सुनिलजस्तै बलिउडमा सफलता पाउने अर्का कलाकार हुन्, भोलाराज सापकोटा। केही समयअघि भोलाराजले अभिनय गरेको नेपाली फिल्म ‘कौसिद’को टिजर सार्वजनिक भएको थियो। यिनै सापकोटाले हिन्दी फिल्म ‘बर्फी’मा अभिनय गरेका छन् ।

सन् २०१२ मा प्रदर्शनमा आएको फिल्म ‘बर्फी’मा रणवीर कपुर मुख्य भूमिकामा छन्। भोलाराजले फिल्ममा रणवीरको साथीको भूमिका निभाएका छन्। नेपाली थिएटरमा काम गरिरहेका भोलाराजले बलिउडमा बर्फीबाटै प्रवेश गरेका थिए, जसमा उनले सफलता पनि हात पारे।

यीबाहेक बलिउडमा सफलता हात पारेका अर्का नेपाली कलाकार हुन् रोविन तामाङ। नेपालमा उनलाई अभिनेताभन्दा गायकको रुपमा चिनिन्छ। ‘रोविन एण्ड द न्यु रिभोलुसन’ नामक सांगितिक समूहका संस्थापक तथा गायक रहेका उनले नेपाली फिल्ममा पनि अभिनय गरेका छन्। ‘छड्के’, ‘मुखौटा’, ‘नाका’लगायतका फिल्ममा उनको अभिनय देख्न पाइन्छ। त्यसैगरी उनले अमेजोन प्राइममार्फत रिलिज भएको वेब सिरिज ‘द लाष्ट हावर’को पहिलो संस्करणमा पनि अभिनय गरेका छन्। 

श्रृङ्खलामा उनी मुख्य खलनायकको भूमिकामा देखिएका छन्। यामा नाडुको भूमिकामा देखिएका रविनको अभिनयलाई दर्शकले रुचाएका छन्। ‘द लाष्ट हावर’ रोविनको बलिउडको यात्रामा एउटा कसी बनेको छ।

यीबाहेक अन्य धेरै कलाकार छन्, जसले बलिउडमा काम गरे। तर, उनीहरुले चर्चा पाउन सकेनन्। नेपाली फिल्ममा नाम कमाएकी शिल्पा मास्के (अक्षय कुमार अभिनित ‘गोल्ड’मा पार्श्व नृत्यमा अभिनय) देखि निरिशा बस्नेतसम्मले बलिउडमा काम गरेका छन्। अभिनेता विश्व बस्नेतकी छोरी निरिशाले ठूलो पर्दामा भने मौका पाएकी छैनन्। तर, अधिकांश कलाकारले पाएको मौकामा सफलता पाउन भने सकेनन्। 

नेपाली फिल्ममा केही सफलता मिलेपछि बलिउडमा जाने रहर अधिकांश नेपाली कलाकारहरुको हुन्छ। तर, त्यहाँ भने सफलता पाउन सकेका छैनन्। अधिकांशले बलिउडमा प्रवेश गरेको पहिलो फिल्मबाटै सफलता र पहिचान खोज्ने र निरन्तर काम गरिरहन नसक्ने हुँदा राम्रो पहिचान बनाउन चुक्ने गरेका छन्। 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
फागुन १५ मा ‘प्रवासी जीवन’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोलेप्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने ब... बिहीबार, मंसिर २५, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई... सोमबार, मंसिर ८, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
ताजा समाचारसबै
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश सोमबार, पुस २८, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्