• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

बलिउडमा नेपाली कलाकार : कमजोर डोरीमा अल्झिरहेको पुरानो सपना

64x64
युवराज भट्टराई आइतबार, माघ २, २०७८  ०७:०२
1140x725

काठमाडौं– यही साता नेपाली सिनेक्षेत्रका दर्शकको लागि एउटा खुसीको खबर आयो– अभिनेता विपिन कार्की बलिउडमा प्रवेश गर्ने। विपिनलाई बलिउडका स्टार कलाकार रणवीर र अनिल कपुरसँग ‘एनिमल’ नामक फिल्ममा स्क्रिन सेयर गर्ने मौका मिलेको छ। 

सन्दीप रेड्डीले निर्देशन गर्ने फिल्ममा अभिनयका लागि निर्माण पक्षले नै विपिनलाई प्रस्ताव गरेका हुन्। विपिनले अभिनय गरेको पछिल्लो नेपाली फिल्म ‘सेल्फी किङ’ प्रदर्शनमा आइसकेको छ। यसको निर्देशन विशाल सापकोटाले गरेका छन्। यही फिल्मको अभिनयबाट प्रभावित भएर उनलाई बलिउडबाट प्रस्ताव आएको हो। 

नेपाली फिल्ममा विपिनको अभिनय दर्शकले रुचाएका छन्। बलिउडमा भने कस्तो प्रवेश पाउँछन्, त्यो फिल्म प्रदर्शनपछि थाहा हुनेछ। तर, उनको अभिनय मन पराएर बलिउडका निर्देशकले फिल्म खेल्न प्रस्ताव गर्नु नेपाली कलाकारको ठूलो सफलता हो।

विपिन मात्रै त्यस्ता कलाकार होइनन्, जसले पहिलो पटक बलिउडमा अभिनय गर्दैछन्। उनी त्यस्ता सीमित कलाकार हुन्, जसलाई बलिउडबाटै कामको प्रस्ताव आएको छ। यसअघि, भारत पुगेरै संघर्ष गरेपछि नेपाली कलाकारले बलिउडमा मौका पाउने गरेका थिए। नेपालमा रामै प्रशंसा कमाएका त्यस्ता कलाकारले बलिउडमा भने कमै मात्र सफलता पाएका छन्।

बलिउडमा नेपालको साइनो हेर्ने हो अभिनेत्री मनिषा कोइराला र गायक उदित नारायण झाले सबैभन्दा धेरै सफलता पाएका छन्। मनिषाले भारतीय फिल्ममार्फत नै चर्चा कमाएकी हुन्। उनको पहिलो फिल्म भने नेपाली थियो। उनले ‘डेब्यु’ अभिनय गरेको फिल्म ‘फेरि भेटौँला’ २०४७ सालमा प्रदर्शनमा आएको  थियो। त्यसपछि उनी बलिउड लागेकी थिइन्। उनको बलिउडको डेब्यु फिल्म भने ‘सौदागर’ हो। सुभाष घईको निर्देशनमा बनेको यो फिल्म सन् १९९१ मा प्रदर्शनमा आएको थियो।

उदित नारायण पनि मैथली र नेपाली गीत गाएपछि मुम्बई पुगेका थिए। उनले २०२७ सालतिरै रेडियो नेपालमा मैथली गीत गाएका थिए। त्यसपछि नेपाली लोकगीतहरूमा आवाज दिएका उनले सन् १९८० मा बलिउडमा पार्श्व गायकका रूपमा डेब्यु गरे। उनले सुरुमै ‘उन्नीस बीस’ फिल्ममा दिग्गज गायक मोहम्मद रफीसँग काम गर्ने मौका पाएका थिए। तर, त्यसको आठ वर्षपछि ‘कयामत से कयामत तक’ फिल्मको ‘पापा कहते है बडा नाम गरेगा’ गीतबाट उनी चिनिए। यही गीतले उनलाई पहिलो ‘फिल्म फेयर अवार्ड’ दिलाएको थियो।

यसैगरी गायक मुरलीधरले पनि मुम्बईमा संघर्ष गरेका थिए। उनले गाएको ‘उडायो सपना सबै हुरीले’ गीत अहिले पनि नेपाली स्रोताले सम्झन्छन्। शास्त्रीय संगीत सिक्न भारत गएका उनी बलिउडमै संघर्ष गरेर बसेका थिए। उनले टेलिश्रृङ्खला ‘महाभारत’मा पनि अभिनयको अवसर पाएका थिए।

तर, नेपाली सिनेक्षेत्र तथा कलाकारिताबाट बलिउडमा प्रवेश गरेका अधिकांश भने छोटो सफलतामै सिमित वा असफल भएका छन्। नेपाली फिल्ममा राम्रो स्थान बनाएर बलिउडमा भने लामो संघर्षपछि पनि असफल देखिएकी अभिनेत्री हुन् उषा पौडेल। जनपुरमा जन्मिएकी उनले थुप्रै नेपाली फिल्ममा अभिनय गरिन्। ‘कर्म’ फिल्ममार्फत अभिनयको सुरुवात गरेकी उनले सन् १९९९ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित पुस्तक ‘मुनामदन’माथि आधारित रहेर बनेको फिल्म ‘मुनामदन’मा देखिइन्। यीबाहेक ‘गोधुली’, ‘जेठो कान्छो’, ‘बाज’, ‘राम लक्ष्मण’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेकी छिन्। म्युजिक भिडियोसँगै टेलिभिजनमा पनि परिचित उनले बलिउडमा भने सफलता पाउन सकेकी छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पौडेलको बलिउड यात्रा अधिकांश समय टेलिभिजन सिरियलमा खुम्चिएको छ। हिन्दी सिनेमामा स्थान नपाएपछि उनले टेलिभिजन श्रृङ्खलाहरुमा अभिनय थालेकी थिइन्। लामो समयसम्म ‘तुजसँग प्रित लगाइ सजना’, ‘जय जय जय बजरंग बली’जस्ता हिन्दी श्रृङ्खलामा देखिएकी उनले हिन्दी फिल्ममा विरलै स्थान पाइन्। उनी केही समययता भने सेतो पर्दाभन्दा टाढै छिन्। 

अँजुली, भाइ टीका, कोही मेरोजस्ता नेपाली फिल्ममा अभिनय गरेकी झरना बज्राचार्य पनि हिन्दी फिल्म खेल्न मुम्बई पुगेकी थिइन्। १९९७  कि मिस नेपाल  बज्राचार्यले  बलिउडका पार्श्व गायक सोनु निगम मुख्य भूमिका रहेको फिल्म ‘लभ इन नेपाल’मा झरनाले काम गर्ने मौका पाएकी थिइन्। तर, फिल्ममा उनको उपस्थिति फितलो रह्यो।

नेपालसँग प्रसंग जोडिएको यो ‘रोमान्टिक थ्रिलर’ फिल्मलाई रजत मुखर्जीले निर्देशन गरेका थिए। फिल्ममा नेपालसँगको प्रसंग भएकै कारण झरनाले अभिनयको मौका पाएकी थिइन्। यो फिल्म उनको हालसम्म पहिलो र अन्तिम हिन्दी फिल्म बनेको छ।

नेपालमा बलिउडको लागि सम्मान र दर्शक भएका कारण कतिपय नेपाली निर्माता र निर्देशकले राम्रै पैसा खर्च गरेर बलिउडका कलाकारलाई आफ्नो फिल्ममा ल्याएका छन्। अर्कातिर, नेपाली कलाकारले बलिउडमा काम पाउन कि संयोग हुनुपर्छ, कि लामो संघर्ष। नेपालमा नाम र दाम दुवै कमाएका अभिनेता निखिल उप्रेती यस्ता कलाकार हुन्, जो बलिउडमा अभियन गर्न मुम्बई पुगे पनि काम नगरी फर्किनु परेको थियो। उनी करिब १० वर्ष मुम्बई बसेर फर्किए। लामो समय भारतमा नै हुँदा उनले नेपाली फिल्ममा पनि पहिलाको स्थान गुमाइसकेका छन्। उनी अहिले आध्यात्मिक क्षेत्रमा लागेका छन्। 

Xtrem

Xtrem

बलिउडमा प्रवेश गरेर सफल भएका थोरै कलाकारमा पर्छन् सुनिल थापा। लामो समयसम्म खलनायकको भूमिका निभाएका सुनिलले नेपाली फिल्ममा सम्मान र दाम दुवै पाएका छन्। नेपालमा लोकप्रिय रहेका उनले बलिउडमा पनि प्रसंशा कमाएका छन्।

सुनिलले बलिउडबाटै फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। उनले सन् १९८१ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘एक धुजेके लिए’बाट अभिनय थालेका थिए। त्यसपछि उनले धेरै हिन्दी फिल्ममा अभिनय गरे। तर, उनलाई सफलता दिलाउने फिल्म भने सन् २०१४ मा प्रदर्शनमा आएको ‘मेरी कोम’ नै हो। फिल्ममा उनी मेरी कोम (प्रियंका चोपडा अभिनित)को प्रशिक्षकको भूमिकामा छन्। सुनिलका चर्चित नेपाली फिल्ममा ‘चिनो’, ‘देउकी’, ‘आगो’ लगायत र हिन्दीमा ‘मानव हत्या’, ‘नसिबवाला’, ‘अल्बेला’, ‘बन्धु’ लगायत छन्। 

 

बलिउडमा प्रवेश गरेर सफल भएका थोरै कलाकारमा पर्छन् सुनिल थापा। लामो समयसम्म खलनायकको भूमिका निभाएका सुनिलले नेपाली फिल्ममा सम्मान र दाम दुवै पाएका छन्। नेपालमा लोकप्रिय रहेका उनले बलिउडमा पनि प्रसंशा कमाएका छन्।

सुनिलजस्तै बलिउडमा सफलता पाउने अर्का कलाकार हुन्, भोलाराज सापकोटा। केही समयअघि भोलाराजले अभिनय गरेको नेपाली फिल्म ‘कौसिद’को टिजर सार्वजनिक भएको थियो। यिनै सापकोटाले हिन्दी फिल्म ‘बर्फी’मा अभिनय गरेका छन् ।

सन् २०१२ मा प्रदर्शनमा आएको फिल्म ‘बर्फी’मा रणवीर कपुर मुख्य भूमिकामा छन्। भोलाराजले फिल्ममा रणवीरको साथीको भूमिका निभाएका छन्। नेपाली थिएटरमा काम गरिरहेका भोलाराजले बलिउडमा बर्फीबाटै प्रवेश गरेका थिए, जसमा उनले सफलता पनि हात पारे।

यीबाहेक बलिउडमा सफलता हात पारेका अर्का नेपाली कलाकार हुन् रोविन तामाङ। नेपालमा उनलाई अभिनेताभन्दा गायकको रुपमा चिनिन्छ। ‘रोविन एण्ड द न्यु रिभोलुसन’ नामक सांगितिक समूहका संस्थापक तथा गायक रहेका उनले नेपाली फिल्ममा पनि अभिनय गरेका छन्। ‘छड्के’, ‘मुखौटा’, ‘नाका’लगायतका फिल्ममा उनको अभिनय देख्न पाइन्छ। त्यसैगरी उनले अमेजोन प्राइममार्फत रिलिज भएको वेब सिरिज ‘द लाष्ट हावर’को पहिलो संस्करणमा पनि अभिनय गरेका छन्। 

श्रृङ्खलामा उनी मुख्य खलनायकको भूमिकामा देखिएका छन्। यामा नाडुको भूमिकामा देखिएका रविनको अभिनयलाई दर्शकले रुचाएका छन्। ‘द लाष्ट हावर’ रोविनको बलिउडको यात्रामा एउटा कसी बनेको छ।

यीबाहेक अन्य धेरै कलाकार छन्, जसले बलिउडमा काम गरे। तर, उनीहरुले चर्चा पाउन सकेनन्। नेपाली फिल्ममा नाम कमाएकी शिल्पा मास्के (अक्षय कुमार अभिनित ‘गोल्ड’मा पार्श्व नृत्यमा अभिनय) देखि निरिशा बस्नेतसम्मले बलिउडमा काम गरेका छन्। अभिनेता विश्व बस्नेतकी छोरी निरिशाले ठूलो पर्दामा भने मौका पाएकी छैनन्। तर, अधिकांश कलाकारले पाएको मौकामा सफलता पाउन भने सकेनन्। 

नेपाली फिल्ममा केही सफलता मिलेपछि बलिउडमा जाने रहर अधिकांश नेपाली कलाकारहरुको हुन्छ। तर, त्यहाँ भने सफलता पाउन सकेका छैनन्। अधिकांशले बलिउडमा प्रवेश गरेको पहिलो फिल्मबाटै सफलता र पहिचान खोज्ने र निरन्तर काम गरिरहन नसक्ने हुँदा राम्रो पहिचान बनाउन चुक्ने गरेका छन्। 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्