काठमाडौं- नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ।
साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको छ। सभाबाट पारित ८ प्रतिशत बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ पुग्ने भएको छ।
बैंकले गत आर्थिक वर्षमा एक खर्ब १० अर्ब ८० करोड रुपैयाँ निक्षेप परिचालन गरी ९८ अर्ब ३२ करोड रुपैयाँ खुद कर्जा प्रवाह गरेको जानकारी दिएको छ। साथै, उक्त आर्थिक वर्षमा कर तथा बोनसपछि एक अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएम बुथमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।