काठमाडौं– गुडविल फाइनान्स लिमिटेडको साधारणसभाले सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
संस्थाको बिहीबार सम्पन्न २७औँ वार्षिक साधारणसभाले गत आवको नाफाबाट ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
संस्थाले निक्षेप संकलन अघिल्लो आवको तुलनामा १८.८४ प्रतिशतले बढाएर १० अर्ब नौ करोड ३९ लाख ८४ हजार रुपैयाँ पुर्याएको साधारणसभामा जानकारी दिइयो। साथै, कर्जा १५.६८ प्रतिशतले बढेर सात अर्ब ९१ करोड ३३ लाख ८९ हजार रुपैयाँ पुगेको संस्थाले जानकारी दिएको छ।
साधारणसभामा संस्थाका अध्यक्ष विश्वप्रकाश साखःले आव २०७७/७८ को आय/व्यय विवरणसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।