शेन्चेन- ओपो ईन्नो डे २०२१ वेबसाइटले एफडब्ल्यूए (फेवरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (एफडब्ल्यूए) अवार्ड जितेको छ।
डिजिटल डिजाइन र मिडिया रचनात्मकताका क्षेत्रमा एक अग्रणि अवार्डका रुपमा रहेको एफडब्ल्यूएमा विश्वभरबाटै प्रगतिशील र अग्रगामी परियोजनाहरुको वास्तविक समयमै छनोट गर्नका लागि ३५ भन्दा बढी देशका ५०० व्यावसायिक निर्णायकहरु सम्मिलित रहेका छन्। तिनले डिजिटल प्रविधि र कला डिजाइनको संयोजनमा अत्याधुनिक रचनात्मकता प्रदर्शित गरेका योजनाहरुको छनोट तथा सम्मान गर्ने कम्पनीले जानकारी दिएको छ।
'मोबिअस स्ट्रिपको अवधारणामा आधारित एक अनलाइन इभेन्टका रुपमा ओपो इन्नो डे २०२१ भर्चुअल जगतमा आयोजित आफ्नो किसिमको पहिलो र पृथक कार्यक्रमका रुपमा रहेको छ। डिजिटल र रोमाञ्चक इन्नो वर्ल्डले आगन्तुकलाई अभूतपूर्व अन्तरक्रियात्मक अनुभव प्रदान गरेको छ। यसले अनलाइन भर्चुअल जगतको आगमन हुँदै छ भन्ने सन्देश दिएको छ,’ ओप्पोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
ओपो इन्नो डे २०२१ को आयोजना डिसेम्बर १४-१५ मा ओपो इन्नो वर्ल्डमा गरिएको थियो। इन्नो वर्ल्डमा आगन्तुकले आफ्नो इच्छाअनुसार अवतार अनुकूलन गर्ने, तस्बिर खिच्ने तथा नयाँ ओपो एयर ग्लास, ओपो फाइन्ड एन तथा अन्य अत्याधुनिक प्रविधिहरुको अनुभव लिन सक्थे। साथै, इन्नो वर्ल्डमा तिनले समय र भौतिक सीमाहरु पार गर्ने अनुभव समेत बटुलेका थिए।
फेवरेट वेबसाइट अवार्ड, एफडब्ल्यूएको स्थापना यूकेमा सन् २००० मेमा भएको थियो। पछिल्लो २२ वर्षमा एफडब्ल्यूएले आधिकारिक एफओटीडी (एफडब्ल्यूए अफ दि डे), एफओटीएम (एफडब्ल्यूए अफ दि मन्थ), एफओटीवाई (एफडब्ल्यूए अफ दि ईयर) र पिपुल्स च्वाइस अवार्ड्स दैनिक, मासिक र बार्षिक आधारमा वितरण गर्दै आइरहेको छ। यसले डिजिटल डिजाइन तथा वेब डेभलपमेन्ट क्षेत्रमा विश्वभरका डिजाइनरहरुलाई निरन्तर अभिप्रेरित गरिरहेको कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।