काठमाडौं- नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक्विजिसनसम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदयकृष्ण उपाध्यायले हस्ताक्षर गरेका हुन् भने नेपाल बंगलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए।
समझदारी पत्र अनुसार नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिलको ४३ कित्ता हुने गरी शेयर आदानप्रदान हुने छ। नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२.५ अर्ब, कर्जा रकम ३०० अर्ब, निक्षेप रकम ३१४ अर्ब हुनेछ।
गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्बमाथि हुनेछ। शाखा सञ्जाल तत्कालै २३५ पुग्नेछन्। ग्राहक संख्या १६ लाख माथि हुनेछ। नबिल बैंकले दिगो बैकिङ्गलाई समेत केन्द्र बिन्दुमा राखेर आफ्नो व्यवसायलाई अघि बढाएको छ भने डिजीटल बैकिङलाई समेत ग्राहकको आवश्यकता अनुरूप अघि बढाउँदै जाने नीति लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।