काठमाडौं- दक्षिण अफ्रिकाविरुद्ध जारी तेस्रो टेस्ट सिरिजमा भारतका ब्याट्सम्यान अजिंक्य रहाणे र चेतेश्वर पुजारा फ्यानको निशानामा परेका छन्।
यति मात्र होइन, पूर्वक्रिकेटर र क्रिकेट समीक्षकहरूले पनि उनीहरुको प्रदर्शनमाथि गम्भीर प्रश्न उठाइरहेका छन्।
तेस्रो दिनको दोस्रो बलमा पुजारा आउट भएका थिए। उनले यो इनिङ्समा ९ रन बनाए। त्यसलगत्तै रहाणे पनि एक रन बनाएर प्याभिलियन फर्किए। यो महत्वपूर्ण खेलमा भारतले आफ्नो दोस्रो इनिङ्समा मात्र ५८ रनमा चार विकेट गुमाएको थियो।
यो सिरिजको निर्णायक खेल हो। एक–एक टेस्ट सिरिज जितेर दुवै टोली बराबरीमा छन्। पहिलो इनिङ्सको आधारमा भारतसँग मात्र १३ रनको अग्रता छ।
रहाणे आउट हुनेबित्तिकै क्रिकेट फ्यानले उनलाई ट्रोल गर्न थाले। सामाजिक सञ्जालमा धेरैले यो टेस्ट रहाणेको अन्तिम टेस्ट हुनसक्ने लेखेका छन् भने कसैले राहणे र पुजाराले नयाँ खेलाडीका लागि ठाउँ खाली गर्नुपर्ने लेखेका छन्।
पूर्वटेस्ट क्रिकेटर डोडा गणेशले अब रहाणेले नयाँ खेलाडीका लागि बाटो बनाउनुपर्ने लेखेका छन्। क्रिकेट समीक्षक अयाज मेमनले रहाणेको खराब प्रदर्शनको अवधि जारी रहेको लेखेका छन्।
न्यू इन्डियन एक्सप्रेसका पत्रकार भेङ्कट कृष्णले श्रीलंका सिरिजका लागि रहाणे र पुजारालाई टिममा राखेमा श्रेयस अय्यर र शुभमन गिललाई अनुचित हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।