काठमाडौं- होबर्ट हुरिकेन्सले बिग बास लिगमा सिड्नी थन्डर्सलाई ९ रनले पराजित गरेको छ।
१ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६८ रन बनायो। सिड्नीका एलेक्स हेल्सले सर्वाधिक ३८ रन बनाए।
ज्यासन सांघाले ३१, नाथन म्याकएन्ड्रयूले ३०, ड्यानिय साम्सले १८ र ब्याक्सटर होल्टले १७ रन जोडे।
हुरिकेन्सका रिले मेरेडिथ र जोर्डन थम्पसनले समान ३ विकेट लिए। यस्तै, सन्दीप लामिछानेले २ र डीयर्सी सर्टले एक विकेट हात पारे।
जारी बिग बासमा सन्दीपको यो १२ औं विकेट लिएका हो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो।
होबार्टका कप्तान म्याथ्यु वेडले ५४ बलमा ८ चौका र २ छक्कासहित ८३ रनको अविजित इनिङ्स खेले।
यता, कालेव ज्वेलले ३२ बलमा ५ चौका र ३ छक्कासहित ५१ रन बनाए।
यस्तै विकेटकिपर ब्याट्सम्यान बेन म्याकडेर्माटले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
सिड्नीका लागि गुरिन्डर सन्धुले २, मोहम्मद हसनेन, ड्यानियल स्याम्स र तनभिर सन्घाले समान एक विकेट लिए।
हुरिकेन्सले अब १७ जनवरीमा मेलबर्न रेनेगड्सविरुद्ध खेल्नेछ। हुरिकेन्स १२ खेलमा ६ मा जित र ६ मा हारसहित चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।