काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी)लाई प्रायोजन गर्ने सम्झौता गरेको छ।
सम्झौतापछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ।
हस्ताक्षर कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताए। पूर्वकप्तान पारस खड्काले बजाज पल्सरले क्रिकेटमा मात्र नभई नेपालको खेल क्षेत्रलाई सहयोग गरिरहेको बताए।
क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीको विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरका लागि मार्गदर्शन गर्ने लक्ष्य राखेको छ। क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले पूर्वकप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।