काठमाडौं– अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा ४ सय ५० रुपैयाँ क्यासब्याक अफर ल्याएको छ।
यो अफरको मुख्य उद्देश्य ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु रहेको जनाइएको छ।
फ्लाइट बुकिङमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा १५० घट्नेछ भने बाँकी रहेको ३ सय रुपैयाँ ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ। यो अफर जनवरी १३ , २०२२ देखि फेब्रुअरी १५, २०२२ सम्म मान्य हुने जनाइएको छ।
फ्लाइट टिकट बुक भइ प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।