काठमाडौं- विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बुधबार सम्पन्न खेलमा अर्को विभागीय टोली नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले लगातार तेस्रो जित निकालेको हो।
पुलिसले एपीएफमाथि २५-२१, २३-२५,२५-२३ र २५-१९ को जित निकाल्यो। जितसँगै पुलिसले ३ खेलमा ८ अंक जोडेको छ। पुलिस शीर्षस्थानमा उक्लिएको छ।
पहिलो खेलमा पुलिसले हेल्प नेपाललाई ३-२ तथा दोस्रो खेलमा साविक विजेता गण्डकी प्रदेशलाई ३-० को सेटमा हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।