काठमाडौं– असिम साहको निर्देशनमा ‘किन मायामा’ टेलिभिजन सिरिज बन्ने भएको छ। साहको निर्देशनमा कान्तिपुर टेलिभिजन र ‘जि २१ डिजिटल’सँगको सहकार्यमा सिरिज बन्न लागेको हो।
सिरिजमा अभिनेत्री वर्षा राउत र असिफ साह मुख्य भूमिकामा रहने निर्माण पक्षले जनाएको छ। यसका लागि दुवै कलाकार र प्रसारण हुने टेलिभिजनसँग पनि सहकार्य भएको छ। सिरिजको निर्माण भने ‘जि २१ डिजिटल’ले गरेको छ।
वर्षा राउत थुप्रै फिल्ममा अभिनय गरेर नेपाली सिनेक्षेत्रमा स्थापित भइसकेकी अभिनेत्री हुन् भने सिरिजमा देखिने असिफ साह पनि फिल्मसँग टेलिभिजन क्षेत्रमा परिचित रहेका छन्।
‘किन मायामा’ सिरिजमा उनीहरुले एकअर्कालाई साथ दिँदै छन्। सिरिज सामाजिक कथावस्तुमा वैवाहिक सम्बन्धमा हुने उतारचढावमा आधारित रहने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।