काठमाडौं– शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरुसंग निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रमा सम्पन्न गरेको छ। अन्तरक्रियासँगै दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको ५ लाख रुपैयाँ बराबरको जोखिम बिमा समेत गराइएको कम्पनीले जानकारी दिएको छ।
अन्तर्क्रिया कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको छ। निर्माणकर्मी मजदुरहरुलाई भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी पनि वितरण गरिएको थियो।
कम्पनीले ३ हजार ४५ निर्माणकर्मीहरुलाई दैनिक कार्यमा आवश्यक पर्ने सामानहरु, व्याग, टिफिन बक्स आदि पनि प्रदान गरेको छ।
शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो विक्रि क्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगाएतका जिल्लाहरुको विभिन्न ५२ स्थानमा उक्त निर्माण परामर्श कार्यक्रम संचालन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।