काठमाडौं– फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एमफ्यान)को २२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
'व्यावसाय, समाज र सामाजिक उत्तरदायित्व' भन्ने नाराका साथ संस्थाले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।
गोल्डस्टार सुजको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए।
बढ्दै गइरहेको कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव हुन नदिन तथा रगतको आपूर्ति सहज होस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले बताए।
संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र आगामी दिनमा पनि जारी रहने संस्थाका महासचिव ज्ञानेन्द्र दाहालले बताए।
संघका पूर्व अध्यक्ष, सल्लाहकार एवं कार्यसमिति र संघका सदस्यहरुको सहयोगमा कार्यक्रम सम्पन्न भएको महासचिव दाहालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।