काठमाडौं– चिनियाँ मोबाइल निर्माता कम्पनी शाओमीले नेपालमा आफ्ना आधिकारिक स्टोरहरुको संख्या दोब्बर पुर्याउने लक्ष्य लिएको छ। जसअनुसार देशका धेरै ठाउँमा नयाँ स्टोरहरु खोल्न थालिएको कम्पनीले जानकारी दिउको छ।
शाओमीले काठमाडौंको बालाजु र काभ्रेको बनेपामा आफ्नो आधिकारिक स्टोर खोलेको छ। कम्पनीले पुस २१ गते (बुधबार) बनेपाको गोदामचोकमा आफ्नो नयाँ स्टोर खोलेको हो।
यस्तै, सोमबार (पुस २६ गते) काठमाडौंको बालाजु (नयाँ बसपार्क)मा रहेको बीजी मलमा पनि नयाँ स्टोर खोलेको कम्पनीले जानकारी दिएको छ।
विश्वव्यापी मोबाइल बजारमा आफ्नो बर्चश्व कायम गर्दै गएको शाओमीले नेपालमा आफ्नो आधिकारिक स्टोरहरुको संख्या दोब्बर गर्ने लक्ष्य लिएको छ। जसअनुसार नयाँ ठाउँमा स्टोरहरु खोल्ने क्रम सुरु गरिएको शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले जानकारी दिए।
'नयाँ स्टोरहरु खुलेपछि हाम्रा ग्राहकलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पूरा हुनेछ,' कोठारीले भने।
नयाँ स्टोरमा सप्प्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा हुने कम्पनीले जानकारी दिएको छ। नयाँ स्टोहरुमा सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुने कम्पनीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।