महेन्द्रनगर– नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। शुक्रबार उद्घाटन भएको अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयनका लागि प्रयास भए पनि सहमति हुन नसकेपछि अन्ततः निर्वाचनबाट चयन गर्न लागिएको हो।
साँझ ६ बजेदेखि सुरु भएको मतदान अबेर रातीसम्म सम्पन्न हुने जनाइएको छ। मतगणना भने भोलि (बुधबार) मात्रै हुने निर्वाचन समितिले जनाएको छ।
एमाले कञ्चनपुरको अध्यक्षका लागि २ नेता प्यानल नै बनाएर चुनावमा होमिएका छन् ।
निवर्तमान अध्यक्ष वीर बहादुर थापा र निवर्तमान सचिब सुरेन्द्र विष्ट नेतृत्वमा प्यानल नै बनाएर प्रतिस्पर्धा भइ रहेको छ।
थापा एकता प्रक्रियाबाट (माओवादी केन्द्र परित्याग गरी) एमाले मै रहेका नेता हुन्। विष्ट भने विद्यार्थि कालदेखि नै नेकपा एमालेमा सक्रिय छन्।
जिल्ला अधिवेशका ४९९ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।