• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेको जिल्ला नेतृत्व : जहाँ दशबुँदे समूहको प्रभाव, त्यहाँ सर्वसम्मत गर्न सकस

64x64
नेपाल लाइभ मंगलबार, पुस २७, २०७८  २०:५९
1140x725

काठमाडौं-  पुस २३ गते एकसाथ उद्घाटन भएका नेकपा एमालेका ६१ जिल्लामध्ये अझै केही जिल्लाको अधिवेशन जारी छ। सोमबार बेलुकासम्म ५६ वटा जिल्लामा नेतृत्व चयन भएको छ। अधिकांश जिल्लामा सर्वसम्मत र केहीमा निर्वाचन भएको हो।

नेतृत्व टुंगिएका केही र बाँकी जिल्लाको विश्लेषण गर्दा अध्यक्ष ओलीइतर समूह प्रभावशाली रहेको जिल्लामा नेतृत्व टुंग्याउन सकस देखिएको छ। विगतमा ओलीइतर समूहमा रहेका दुईजना मात्रै अध्यक्ष निर्वाचित भएका छन्। भोजपुरका शरणकुमार राई सर्वसम्मत भए भने बागलुङका हिराबहादुर केसीले चुनाव नै जिते।

माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा 'बादल' समूहका एक जना अध्यक्षमा चुनिएका छन्। स्याङ्जा जिल्ला अध्यक्षमा एमाले सचिव पद्माकुमारी अर्यालको सहयोगमा सूर्यप्रसाद गैह्रे (पारस) निर्वाचित भएका हुन्। बादल पक्षका धेरै नेताहरुले उपाध्यक्ष र सचिवमा चित्त बुझाएका छन्।

बागमती : चितवन र सिन्धुपाल्चोक बाँकी
एमालेको दशौं राष्ट्रिय महाधिवेशन भएको चितवनमा दशबुँदे समूहका एक उपाध्यक्ष सुरेन्द्र पाण्डे छन्। त्यही जिल्लाले एमाले महाधिवेशनको 'सिको' गर्न सकेन। अध्यक्षका आकांक्षीबीच सहमति जुटाउने क्रममै अधिवेशन स्थगित भएको छ।

एमाले चितवनको नेतृत्वका लागि चार नेताहरु आकांक्षी छन्। नेताहरु तेजेन्द्र खड्का, कृष्ण भुर्तेल, रामप्रसाद न्यौपाने र कमल पाठकले अध्यक्षको दाबी गरेका छन्। चारमध्ये अन्तिमसम्म तत्कालीन समानान्तर कमिटीका अध्यक्षसमेत रहेका खड्का र न्यौपानेमध्ये एकलाई अध्यक्ष बनाउनुपर्ने दबाब नेताहरुमाथि छ।

नेतृत्व टुंगिन बाँकी बागमती प्रदेशको अर्को जिल्ला हो, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक पनि एमालेको १० बुँदे पक्षधर नेताहरुको प्रभाव रहेको जिल्ला हो। माधव नेपाल एमालेमै रहँदा उनको पकड थियो र उनी पक्षका नेता प्रभावशाली थिए। नेपाल पार्टीबाट बाहिरिँदै गर्दा उनीनिकटकै नेता शेरबहादुर तामाङ ओली पक्षमा लागे। तर, जिल्लामा भने अझै ओलीइतर समूहको प्रभाव छ। सिन्धुपाल्चोकमा दुवै समूहका दुई-दुईजनाले अध्यक्षमा दाबी पेश गरेका छन्। १० बुँदे समूहतर्फका केदार क्षेत्री र कमल नेपाल, अध्‍यक्ष ओलीतर्फका होमनारायण श्रेष्ठ र बालकृष्ण देउजाले नेतृत्वको दाबी गरिरहेका छन्।

उनीहरुबीच सहमति हुन नसकेपछि अधिवेशन अझै केही दिन लम्बिने संकेत देखिएको छ। कोरोनाको प्रभाव बढ्दो रहेका कारण नेतृत्व चयन नगरी स्थगित हुनसक्ने आकलन समेत प्रतिनिधिहरुले गरिरहेका छन्।

बामगतीका धादिङमा भूमि त्रिपाठी, काभ्रेपलाञ्चोकमा अशोक ब्यान्जु, भक्तपुरमा बचन देउजा, रसुवामा कर्णेल तामाङ, रामेछापमा आनन्दकुमार श्रेष्ठ, नुवाकोटमा बद्री मैनाली, मकवानपुरमा एकलाल श्रेष्ठ, काठमाडौंमा दीपक निरौला, ललितपुरमा पुरुषोतम आचार्य, सिन्धुलीमा कुमारबहादुर कार्की, दोलखामा नरबहादुर श्रेष्ठ अध्यक्ष चयन भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश १ :  भट्टराई र आचार्यको जिल्लामा निर्वाचन
प्रदेश १ को जिल्ला संखुवासभामा आइतबार मात्रै अधिवेशन सुरु भएको छ। नेतृत्व टुंगिन बाँकी अर्को जिल्ला सुनसरी पूर्वमुख्यमन्त्री तथा १० बुँदे पक्षधर नेता भीम आचार्यको जिल्ला हो।

सर्वसम्मत गर्ने प्रयास असफल भएपछि निर्वाचन गरिएको छ। ओली पक्षधर रेवतीरमण भण्डारी, १० बुँदे पक्षधर आचार्यको समर्थनमा वर्तमान जिल्ला अध्यक्ष खेमराज पोखरेल र इटहरीका मेयर द्वारिकालाल चौधरी मैदानमा छन्। तत्कालीन नेकपा विभाजित हुँदा ओली पक्षले रेवतीरमण भण्डारीलाई जिल्ला अध्यक्ष बनाएको थियो। पछि सर्वसम्मतिमा जिल्ला अध्यक्षको जिम्मेवारी पोखरेललाई दिइएको थियो।

१० बुँदै पक्षधर नेता एमाले सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङमा पनि सहजै नेतृत्व चयन हुन सकेन। निर्वाचन प्रक्रियामा जाँदा अध्यक्षमा भुपेन्द्र थेबेले जिते। भट्टराईनिकट मानिएका लबहादुर साम्सोहाङ ५६ मतले पराजित भए।

प्रदेश १ का झापामा दीपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल, धनकुटामा इन्द्रमणि पराजुली, तेह्रथुममा तेजमान कन्दङवा, पाँचथरमा राजकुमार भण्डारी, भोजपुरमा शरणकुमार राई, इलाममा महेश बस्नेत, सोलुखुम्बुमा डुफकुमार बास्तोला, उदयपुरमा प्रमेश्वर घिमिरे, ओखलढुंगामा शंकर कटुवाल र ताप्लेजुङमा भुपेन्द्रबहादुर थेबे चयन भएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गण्डकी : ओली गुटकै प्रतिस्पर्धा
गण्डकी प्रदेशअन्तर्गतका ११ मध्ये नौ जिल्लामा भएको एमाले जिल्ला अधिवेशनबाट ७ जिल्लाको नेतृत्व चयन भएको छ। गोरखामा  प्रेम गुरुङ, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, म्याग्दीमा देवेन्द्र केसी, लमजुङमा कृष्णप्रसाद अधिकारी, बागलुङमा हिराबहादुर केसी, पर्वतमा राजु पौडेल, नवलपुरमा मुक्ति पाण्डे अध्यक्ष चयन भएका छन्।

१० बुँदे पक्षधर बलियो रहेको बागलुङमा निर्वाचन भएको हो। निर्वाचन हुँदा दशबुँदे पक्षधर हिराबहादुर केसीले जितेका हुन्। ‌ओली पक्षधर कृष्ण पाठकलाई उनले १ सय १ मतले पराजित गरेका हुन्। ओलीगुटमा रहेको प्रतिस्पर्धाले पनि केसीलाई लाभ मिलेको हो। उपमहासचिव पृथ्वी सुब्बा गुरुङले केसीलाई सघाएका हुन्।

गण्डकीमा उपमहासचिव पृथ्वी सुब्बा एकातिर छन् भने सचिव पद्मा अर्याल र स्थायी कमटी सदस्य खगराज अधिकारी अर्को प्यानलमा देखिएका छन्।

नेकपा एमालेको स्याङ्जा जिल्ला अध्यक्षका लागि सूर्यप्रसाद गैरे (पारस) निर्वाचित भएका छन्। गैरे बादलसँगै एमाले प्रवेश गरेका हुन्। नेकपाकालमा जिल्ला अध्यक्ष बनेका उनलाई गण्डकी इन्चार्ज अर्यालको समर्थन रहेको छ। पृथ्वीसुब्बानिकट नारायण मरासिनी पराजित भएका छन्।

कास्कीमा पनि दुई जनाले अध्यक्षको दाबी नछाडेका कारण नेतृत्व टुंगिन सकस परेको हो। हालका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर वैरागीले दाबी गरिरहेका छन्। निर्वाचनको तयारीसहित उनीहरुले प्यानलसहित उम्मेदवारी घोषणा समेत गरेका छन्। मनबहादुरलाई पृथ्वी सुब्बा गुरुङको र वैरागीलाई खगराज अधिकारीको समर्थन छ।

लुम्बिनी : अधिकांश जिल्लामा नेतृत्व चयन
लुम्बिनीमा अधिकांश जिल्लाको नेतृत्व चयन सकिएको छ। रोल्पा जिल्ला कमिटीका सचिव निमप्रसाद रोकाको निधन भएकाले स्थगित गरियो भने रुकुम पूर्व हिमाली ठाउँ धेरै भएकाले अधिवेशन गरिएन।

ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार बनेका सूर्य थापाको गृहजिल्ला प्युठानमा सहमति जुट्न सकेन। निर्वाचनबाट १० बुँदेका पक्षधर विजयबिराज विष्ट ३१४ मत ल्याउँदै विजयी भएका हुन्। उनले अध्यक्षका प्रत्यासी नेहरसिंह केसीलाई ७३ मतले पराजित गरे।

पश्चिम नवलपरासीमा पनि सहमति नजुटेपछि मतदानबाट दीपेन्द्र कार्की अध्यक्षमा निर्वाचित भए। कार्कीले २ सय ३२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी थानप्रसाद गैरेले १ सय ८५ मत ल्याएका थिए।

यसैगरी, कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भए। अध्यक्षका लागि भएको मतदानमा २ सय ३८ मतसहित शर्मा जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षका अन्य प्रतिस्पर्धीमध्ये बाबुराम खनालले १८६ तथा नेत्र अधिकारीले १ सय मत प्राप्त गरेका छन्।

पाल्पामा धनेन्द्रराज घिमिरे, गुल्मीमा बालकृष्ण काउछा मगर, अर्घाखाँचीमा पिताम्बर भुसाल, बाँकेमा किस्मत कुमार कक्षपती, बर्दियामा लालबहादुर श्रेष्ठ, दाङमा हुकुमबहादुर बस्नेत, रुपन्देहीमा तेजेन्द्र केसी, कपिलवस्तुमा डम्मर शर्मा, प्युठानमा बिजयविराज विष्ट, नवलपरासी (पश्चिम)मा दीपेन्द्र अधिकारी चुनिएका छन्। 

भीम रावल प्रभावशाली भएका जिल्लामा निर्वाचन
१० बुँदे पक्षधरका नेतासमेत रहेका भीम रावलको बढी प्रभाव रहेका दुई जिल्ला अछाम र  कैलालीमा पनि सहजै नेतृत्व चयन हुन सकेन। कैलालीमा एमाले सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट र सहइञ्चार्ज कर्ण थापाले समर्थन गरेका रतन थापा ४ मतले विजयी भएका छन्। भीम रावल पक्षधरले समर्थन गरेका रणबहादुर चन्द पराजित भएका छन्। 

रावलको गृहजिल्ला अछाममा पनि सहमति जुट्न सकस परिरहेको छ। रावल पक्षधर र ओली पक्षधर प्यानल बनाएरै चुनावी मैदानमा छन्। रावल पक्षबाट अध्यक्षमा प्रकाश शाह, उपाध्यक्ष बलबहादुर कुँवर, सचिव भीम रावल (कालो टोपी) उपसचिवमा प्रेमबहादुर महर र प्रेम खत्री उम्मेदवार छन्।

ओली पक्षबाट अध्यक्ष पदमा चन्द्र बोहरा, उपाध्यक्षमा भीम विष्ट, सचिवमा आदर्श साउद, उपसचिवमा शेरबहादुर बुढा, डम्बर बिसी रहेका छन्।

बाजुरामा केन्द्रीय नेताहरुले भागबन्डामा सहमति जुटाएका छन्। अध्यक्षमा कालीबहादुर शाही दोहोरिएका छन्। 

कञ्चनपुरमा नेतृत्व चयनको प्रक्रिया बल्ल सुरु भएको छ। निर्वाचन प्रक्रियामा जानु अघिसम्म पनि सहमतिका लागि प्रयास जारी राखिएको थियो। यद्यपि, सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयमा दुई वटा प्यानल नै बनाएर उम्मेदवारी दर्ता भएको थियो।

निवर्तमान पार्टी अध्यक्ष वीरवहादुर थापा र सचिव सुरेन्द्र विष्ट दुईजना अध्यक्षका प्रतिस्पर्धी छन्। दुई जनाबीच सहमति गराउन शुक्रबारदेखि नै प्रयास भए पनि हुन सकेको छैन। थापा तत्कालीन नेकपा हुँदादेखि नै अध्यक्ष हुन्। उनी नेकपा एमाले र माओवादी केन्द्र अलग बनेपछि पनि नेकपा एमालेमै रहेका थिए। र, उनलाई अध्यक्षकै जिम्मेवारी दिइएको थियो।

अध्यक्षका अर्का उम्मेदवार विष्ट नेकपा एमालेका बलिया संगठक मानिन्छन्। थापालाई एमाले सुदूरपश्चिम इन्चार्ज एवम् सचिव लेखराज भट्ट लगायतका नेताहरुले अध्यक्ष बनाउन चाहिरहेका छन्। विष्टलाई नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं कञ्चनपुर इन्चार्ज निरुदेवी पालसहित केन्द्रीय सदस्य नरबहादुर धामी र कृपाराम रानाले अध्यक्ष बनाउन चाहेका छन्। बझाङ हिमाली जिल्‍ला भएका कारण अधिवेशन अर्को चरणमा हुने भएको छ। 

एमाले दार्चुला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन्। उनले ५८८ मत प्राप्त गरे भने  प्रत्यासी  ज्ञानेन्द्र घर्तीले ९२ मत प्राप्त गरे।

कर्णालीमा सहमति र निर्वाचन दुवै
सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्‍व चयन भएको छ। डोल्पामा शेरबहादुर बुढा र सल्यानमा गोविन्द कुमार पुन, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा अध्यक्ष चयन भएका छन्।

कालिकोटको जिल्ला नेतृत्व चयन निर्वाचनबाटै हुने भएको छ। अध्यक्ष पदका लागि पाँच जना उम्मेदवार रहेका छन्। रमेश शाही, दयाराम सिम्खडा, जसि प्रसाद पाण्डे, तुलाराज महत र धिरबहादुर बमले दाबी गर्दै आएका छन्।

कर्णाली इञ्चार्ज यमलाल कँडेलको जिल्ला सुर्खेतमा सहमति नजुटेपछि सोमबार निर्वाचन भएको छ। निर्वाचनमा अध्यक्षका लागि अमृत बिसी र डण्डिप्रसाद शर्माले उम्मेदवारी दिएका हुन्।

जाजरकोटमा पनि पदाधिकारी र केही सदस्यका लागि निर्वाचन नै भएको छ। १० बुँदे सहमतिपछि एमालेमै रहेका हालका अध्यक्ष करबिर शाही र नेता खिमबहादुर शाही प्यानलसहित मैदानमा उत्रिएका थिए। यसमा खिमबहादुर शाही ७ मतले विजयी भएका छन्।

एमाले स्थापनाकालमा पार्टीमा लागेका खिमबहादुर पछिल्लो समय एमालेको कुनै भूमिकामा थिएनन्। उनी गैरसरकारी संस्था चलाएर बसेका थिए। 

अघिल्लो जिल्ला अधिवेशनमा नेपाल समूहबाट अध्यक्ष निर्वाचित भएका करबिर शाही नेकपाकालमा सचिव बनाइएका थिए। एमाले–माओवादी ब्युँतिएपछि उनी एमालेमै थिए। तर, त्यतिबेला पनि ओलीपक्षले अर्कै कमिटी बनाएको थियो। मूलत: १० बुँदे सहमतिपछि शाहीलाई अध्यक्ष स्वीकारिएको थियो। 

दैलेखमा पनि निर्वाचनकै संकेत देखिएको छ।

यसैगरी, गैरभौगोलिक दुवैमा सर्वसम्मत नेतृत्व चयन भएको छ। मजदुर विशेषमा जितेन्द्र श्रेष्ठ र पेशागत विशेषमा उमेश ढकाल निर्वाचित भएका छन्।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमाथि आज सुनुवाइ भएन
सम्बन्धित सामग्री
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक... मंगलबार, मंसिर १, २०८३
मंसिर ६ मा भारत जाँदै प्रधानमन्त्री बालेन, हवाई रुटदेखि द्विपक्षीय मुद्दामा छलफल हुने भ्रमणका क्रममा नेपालले भारतीय आकाश हुँदै थप हवाई रुट उपलब्ध गराउन गर्दै आएको आग्रहलाई प्रमुखताका साथ उठाउने तयारी छ। हवाई रुटसम्बन्ध... सोमबार, कात्तिक ३०, २०८३
स्थानीय निर्वाचन तयारीः निर्वाचन आयोगले बोलायो दलहरुसँग बैठक दलहरुलाई आज पठाइएको पत्रमा मङ्सिर ४ गते बिहान ११ः३० बजे आयोग कार्यालयमा उपस्थित हुन भनिएको छ। सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल मंगलबार, मंसिर १, २०८३
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने मंगलबार, मंसिर १, २०८३
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमाथि आज सुनुवाइ भएन मंगलबार, मंसिर १, २०८३
लैंगिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै मंगलबार, मंसिर १, २०८३
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्