काठमाडौं- मधेसको महिलाबाट पहिलोपटक डीआईजीमा पूजा सिंहको बढुवा गरेकोमा सप्तरी जिल्लाबाट आएको प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाणलाई धन्यवाद दिएको छ।
मंगलबार गृह मन्त्रालयमा आएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वको प्रतिनिधि मण्डलले गृहमन्त्री खाणलाई धन्यवाद दिएको हो।
‘मधेसी महिला पूजा सिंहलाई डीआईजीमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी प्रतिनिधिमण्डल बनाएर आएका हौं,’ कांग्रेस केन्द्रीय सदस्य यादवले भने, ‘अब हामीले प्रधानमन्त्रीलाई पनि भोलि भेटेर धन्यवाद दिन्छौं। मधेसी महिलालाई बढुवा गरेर सरकारले उदाहरणीय काम गरेको छ।’
प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरीमा अब्बल मानिन्छिन्। उनी प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्तसमेत हुन्। सिंह एसएसपीमा पनि सिनियर थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।